ad ad

प्रविधि


दक्षिण कोरियाद्वारा आफैँले बनाएको अन्तरिक्ष यानको सफल प्रक्षेपण

दक्षिण कोरियाद्वारा आफैँले बनाएको अन्तरिक्ष यानको सफल प्रक्षेपण

नेपालखबर
असार ७, २०७९ मंगलबार २१:२, काठमाडौँ

दक्षिण कोरियाले आफैँले बनाएको रकेट अन्तरिक्षमा प्रक्षेपण गरेको छ। प्रक्षेपण सफल भएको दक्षिण कोरियाली विज्ञान मन्त्रालयले जनाएको छ। यसअघि अक्टोबरमा रकेट प्रक्षेपण गर्ने पहिलो प्रयास असफल भएको थियो।

२ सय टन तौल भएको तर इन्धनचालित कोरिया स्याटलाइट लन्च भेइकल २ गोह्युङबाट मंगलबार ४ बजे प्रक्षेपण गरिएको थियो। सो रकेटलाई अनौपचारिक रुपमा नुरी नाम दिइएको छ।

गत अक्टोबरमा सो प्रक्षेपण परीक्षण असफल भएपछि दक्षिण कोरियाको अन्तरिक्ष कार्यक्रममा धक्का लागेको थियो। त्यतिबेला रकेट ७ सय किलोमिटर उचाइमा पुगेर १.५ टनको भारी अलग गर्न सफल भएको थियो। तर, त्यतिबेला डमी स्याटलाइटलाई कक्षमा राख्न असफल भएको थियो।

यो प्रक्षेपणलाई दक्षिण कोरियाको ठूलो उपलब्धीका रुपमा व्याख्या गरिएको छ।

एसियामा चीन, जापान र भारतले अन्तरिक्ष कार्यक्रम सञ्चालन गरेका छन्। पछिल्लो समय उत्तर कोरियाले पनि स्याटलाइट प्रक्षेपण क्षमता विकास गरेको छ। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .