प्रविधि


विश्वव्यापी डिजिटल कर सम्झौताको लागि २०२४ सम्म लाग्न सक्छ : फ्रान्स

विश्वव्यापी डिजिटल कर सम्झौताको लागि २०२४ सम्म लाग्न सक्छ : फ्रान्स

नेपालखबर
जेठ ११ , काठमाडौँ

फ्रान्सका अर्थमन्त्री ब्रुनो ले मायरले विश्वव्यापी डिजिटल कर सम्झौता तयार हुन सन् २०२३ को अन्तिम वा २०२४ को सुरुवातसम्म लाग्ने बताएका छन्।

मंगलबार उनले यस वर्षको मध्यसम्ममा हस्ताक्षर हुन सक्ने भनिएको सम्झौता तयार हुन अझै समय लाग्न सक्ने बताएका हुन्। 

विश्वव्यापी डिजिटल कर सम्झौताले एप्पल, गुगलजस्ता विश्वभरका प्रमुख प्रविधि  कम्पनीमाथि कर लगाउने अधिकार प्रदान गर्नेछ। यसमा अन्तर्राष्ट्रिय कम्पनीहरुमाथि १५ प्रतिशतसम्मको कर लगाउने योजना छ। 

फ्रान्सेली अर्थमन्त्री मायरले आफूहरुले यो कर सम्झौताको लागि विश्वका सबै मुलुकलाई मनाउने प्रयास गरिरहेको बताएका छन्।

यद्यपि यो सम्झौतामा हस्ताक्षर भएर कार्यान्वयनमा आउन भने सन् २०२३ को अन्तिम वा २०२४ को सुरुवातसम्म लाग्न सक्ने उनको भनाइ छ। 

गत वर्षको अक्टोबर महिनामा विश्वभरका १४० मुलुकहरु अन्तर्राष्ट्रिय कर प्रणालीको नियम पुनर्लेखन गर्न तयार भएका थिए।

यसको कार्यान्वयनको लागि सन् २०२३ सम्मको म्याद दिइएको थियो। 
 

जेठ ११, २०७९, बुधबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad