प्रविधि


ट्वीटरका ५ प्रतिशतभन्दा कम मात्र नक्कली खाता

ट्वीटरका ५ प्रतिशतभन्दा कम मात्र नक्कली खाता

नेपालखबर
बैशाख २० , काठमाडौँ

सामाजिक सञ्जाल ट्वीटरले समग्र खाताको ५ प्रतिशतभन्दा कम मात्र मनिटाइज भएका दैनिक सक्रिय प्रयोगकर्ताको नक्कली खाता रहेको हुन सक्ने बताएको छ। 

ट्वीटरका अनुसार यस वर्षको पहिलो त्रैमासमा कम्पनीका २२ करोड ९० लाख प्रयोगकर्ताले एड्भर्टाइजिङ सेवा लिएका थिए।

ट्वीटर खरिदको सम्झौता गरेका टेस्लाका सीईओ एलन मस्कले ट्वीटरको सबै नक्कली खाता हटाउने घोषणा गरेसँगै यस्तो अनुमान सार्वजनिक भएको हो। 

ट्वीटरले पनि मस्कसँगको सम्झौता प्रक्रिया पूरा नहुँदासम्म भविष्यबारे अन्योल रहेको बताइसकेको छ।

मस्कले भने सम्झौता प्रक्रिया सम्पन्न भएपछि ट्वीटरमा महत्वपूर्ण परिवर्तन गरिने र अभिव्यक्ति स्वतन्त्रतालाई थप फराकिलो बनाइने बताएका छन्। 

बैशाख २०, २०७९, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.