प्रविधि


‘फेसबुक र गुगल मानवअधिकारका लागि खतरा’

‘फेसबुक र गुगल मानवअधिकारका लागि खतरा’

नेपालखबर
मंसिर ६, २०७६ शुक्रबार ११:४१,

मानव अधिकारका क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था एम्नेस्टी इन्टरनेसनलले गुगल र फेसबुकको व्यापार मोडल मानव अधिकारका लागि खतरा भएको बताएको छ।

यो विषयलाई लिएर एम्नेस्टीले प्रतिवेदन जारी गरेको छ। जसमा यी कम्पनीद्वारा हुने ‘अत्याधिक निगरानी’लाई लिएर चिन्ता जनाइएको छ। मानवअधिकार संगठनले दावा गरेको छ यी कम्पनीले उपलब्ध गराउने अवसरहरुले ठूलो मात्रामा मनवअधिकारमा हनिकारक अवस्था पैदा गरिरहेका छन्।

फेसबुकले यस प्रतिवेदमा असहमति प्रकट गरेको छ। आफूले मानव अधिकारलाई थप सशक्त बनाइरहेको फेसबुकको दावी छ। त्यस्तै गुगलले पनि आफू आमा प्रयोगकर्ताको भरोसाको केन्द्र भएको र प्रयोगकर्ताको डाटाको सुरक्षाको जिम्मेवारी पनि लिएको प्रतिक्रिया दिएको छ।

गुगल विश्वभर ९० प्रतिशत भन्दा बढीले प्रयोग गर्ने सर्च इन्जिन रहेको र विश्वको एक तिहाइ जनसंख्याले फेसबुक प्रयोग गर्ने गरेको प्रतिवेदनमा उल्लेख छ।

एम्नेस्टीका महासचिव कुम नायडुका अनुसार अर्बौ प्रयोगकर्ताहरुसँग फेसबुक र गुगलको निर्धारित सर्तहरूका साथ यसको प्रयोग गर्नु बाहेक अरू कुनै विकल्प छैन।

यस्तो छ एम्नेस्टीको भनाई

५८ पृष्ठ लामो एक्नेस्टीको सो प्रतिवेदनमा गुगल र फेसबुकको व्यापार मोडलले ‘अर्बौ मानिसको विश्वव्यापी निगरानी गरेको उल्लेख छ।यी प्राविधिक कम्पनीहरूको आधारभूत व्यापार मोडेलमा ‘मौलिक परिवर्तन’ हुनु आवश्यक रहेको एम्नेस्टीको भनाइ छ।

 फेसबुक र गुगलले आफ्ना सेवाहरूका लागि कुनै शुल्क नलिए पनि उपभोक्ताहरूले आफ्नो व्यक्तिगत डाटाको रूपमा मूल्य तिर्नुपर्ने एम्नेस्टीको प्रतिवेदनमा उल्लेख छ। यसका लागि यस प्रतिवेदनमा ‘क्याम्ब्रिज एनालिटिका’ प्रकरणको उदारहण दिएको छ। र, यो कसरी प्रयोगकर्ताहरूको व्यक्तिगत डाटा तिनीहरूका बिरूद्ध प्रयोग गर्न सकिन्छ भन्ने प्रमाणका रूपमा प्रस्तुत गरिएको छ।

एम्नेस्टीले डाटा सम्बन्धित कानुन बनाएर र ठूला टेक्निकल कम्पनीहरूलाई प्रभावकारी रूपमा नियमन गरेर उनीहरूको व्यापार मोडेल जाँच गरेर सुधार गर्न सरकारहरुलाई अपिल गरेको छ।

 फेसबुक र गुगलले के भने?

 एम्नेस्टीको दावीमाथि फेसबुकले भनेको छ, ‘यसको व्यावासायिक मोडेल विज्ञापनमा आधारित छ र मानिसहरूलाई आफ्नो आवाज उठाउन र एकजुट हुने अवसर प्रदान गरेर मानव अधिकारको प्रवर्धन गर्दछ।’

रिपोर्टमा फेसबुकका गोपनीयता र सार्वजनिक नीति निर्देशक स्टिभ सेटरफिल्डको भनाई पनि राखिएको छ। यसमा स्टिभले १० बुँदामा आफ्नो भनाइ राखेका छन्। उनी भन्छन्, ‘हाम्रो काम मानव अधिकारको सिद्धान्त अनुरूप छैन तपाईंको निष्कर्षसँग हामी सम्मानपूर्वक असहमत छौं।’

 यसका अलवा टोक्नोलोजीलाई हेर्ने एक वेभसाइट एनग्याजटका अनुसार फेसबुकका प्रवक्ताले भनेका छन् ‘एम्नेस्टी इन्टरनेसनलको रिपोर्टप्रति हामी असहमत छौँ। फेसबुकले गोपनियता जोगाउँदै विश्वभरका मानिसहरूलाई सम्पर्क गर्दछ। कम विकसित देशहरूमा यो निःशूल्क बेसिक्सजस्ता उपकरणमार्फत भइरहेको छ। हाम्रो व्यवसाय मोडेल एम्नेस्टी इन्टरनेसनल जस्ता समूह हो जुन फेसबुकमा विज्ञापन चलाएर, चन्दा संकलन गरेर यसका मिसनलाई अगाडि बढाउँदै आफ्ना समर्थकहरूसम्म पुग्छ।’

अर्कोतर्फ, गुगलले भन्यो, ‘यसले आफ्ना प्रयोगकर्ताहरूको गोपनियतालाई सुरक्षित राख्छ र यो दिशामा अझ बढी काम गरिरहेको छ।’

बीबीसी हिन्दीबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .