ad ad

प्रविधि


ब्राजिलमा टेलिग्रामलाई प्रतिबन्ध

ब्राजिलमा टेलिग्रामलाई प्रतिबन्ध

नेपालखबर
चैत ५, २०७८ शनिबार १२:२८, काठमाडौँ

ब्राजिलको सर्वोच्च अदालतले टेलिग्राममाथि मुलुकमा प्रतिबन्ध लगाउने आदेश दिएको छ।

शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश एलेक्जेन्डर डे मोराइसले टेलिग्रामले निरन्तर गलत सूचना फैलाउने र मुलुकको कानुन नमान्ने एकाउन्टमाथि प्रतिबन्ध लगाउन गरिएको माग अस्वीकार गरेको भन्दै प्रतिबन्धको आदेश दिएका हुन्। 

ब्राजिलको सर्वोच्च अदालतको फैसलासँगै टेलिग्रामका संस्थापक तथा सीईओ पाभेल डुरोभले कम्पनीले गरेको बेवास्ताप्रति क्षमायाचना गरेका छन्।

उनले केही दिनका लागि यो फैसला रोक्न पनि आग्रह गरेका छन्। उनले उक्त समयमा कम्पनीले अदालतको आदेश पनि पालना गर्ने उल्लेख गरेका छन्। 

ब्राजिलका दक्षिणपन्थी राष्ट्रपति जेयर बोल्सोनारो र उनका समर्थकहरुले सञ्चारको लागि टेलिग्रामको प्रयोग गर्दै आएका छन्। 

पछिल्लो समय राजनीतिकरुपमा ध्रुवीकरण बढेको ब्राजिलमा बोल्सोनारोमाथि विभिन्न मुद्दामा अनुसन्धान भइरहेको छ।

सोही अवस्थामा अदालतले गलत सूचना फैलाउनेमाथि कारबाही नगरेको भन्दै टेलिग्राममाथि प्रतिबन्ध लगाएको हो।

यसले ब्राजिलमा अभिव्यक्ति स्वतन्त्रताको विषयलाई लिएर विवाद चर्किन सक्ने अनुमान छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .