ad ad

प्रविधि


चन्द्रमासँग ठोक्किँदै मस्कको रकेट

चन्द्रमासँग ठोक्किँदै मस्कको रकेट

नेपालखबर
माघ १३, २०७८ बिहिबार ९:२५, काठमाडौँ

विश्वकै धनी एलन मस्कको अन्तरिक्ष कम्पनी स्पेसएक्सले प्रक्षेपण गरेको रकेट चन्द्रमासँग ठोक्किएर विष्फोट हुने अवस्थामा पुगेको छ।

बीबीसीका अनुसार सन् २०१५ मा फाल्कोन ९ बुस्टर नामको यो रकेट प्रक्षेपण गरिएको थियो।

यसले आफ्नो अभियान पूरा गरेपछि यसलाई यसलाई पृथ्वीमा फिर्ता ल्याउन इन्धन भने थिएन। त्यसैले यो रकेट अन्तरिक्षमा नै रहन पुगेको थियो।

खगोलविद् जोनाथन म्याडावेलले चन्द्रमासँग मस्कको रकेट ठोक्किन लागेको जानकारी प्राप्त भएको बताए। यद्यपि यसको असर भने निकै कम मात्र हुने उनको भनाइ छ। 

सन् २०१५ मा यो रकेट प्रक्षेपण गरिएपछि पृथ्वी चन्द्रमा र सूर्यको गुरुत्वाकर्षणले यो रकेटलाई आफूतर्फ तान्दै गयो। यो पनि अन्तरिक्षको फोहोर बन्न पुगेको थियो।

म्याकडावेलका अनुसार अहिलेसम्म यस्ता ५० ओटा रकेट हराइसकेकाले यसअघि पनि चन्द्रमा वा अन्य ग्रहमा यस किसिमको विष्फोट भएको हुन सक्छ तर पहिलोपटक चन्द्रमामा कुनै रकेट ठोक्किन लागेको पुष्टि भएको हो।

यो रकेटले पृथ्वीको सतहभन्दा १० लाख माइल टाढा मौसमसम्बन्धी जानकारी दिने स्याटेलाइट राखेको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .