ad ad

प्रविधि


कोरोनाबारे भ्रम फैलाएको भन्दै ट्वीटरले अमेरिकी सांसदमाथि लगायो प्रतिबन्ध

कोरोनाबारे भ्रम फैलाएको भन्दै ट्वीटरले अमेरिकी सांसदमाथि लगायो प्रतिबन्ध

नेपालखबर
पुस १९, २०७८ सोमबार ११:३७, काठमाडौँ

सामाजिक सञ्जाल कम्पनी ट्वीटरले अमेरिकी सांसद मर्जोरी टेलर ग्रिनको ट्वीटर एकाउन्टमा प्रतिबन्ध लगाएको छ। उनले कोभिड–१९बारे भ्रम फैलाउने काम गरेको भन्दै प्रतिबन्ध लगाइएको हो। 

जर्जियाकी सांसद रहेकी मर्जोरी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पकी समर्थक हुन्। उनले सन् २०२० मा भएको राष्ट्रपतीय निर्वाचनमा पनि डेमोक्रेटिक पार्टीले भोट हिनामिना गरेको आरोप लगाएकी थिइन्।

उनले कोरोना खोपविरुद्ध तथा कोरोना महामारीको विषयमा पनि भ्रामक अभिव्यक्ति दिँदै आएकी थिइन्।

उनले बारम्बार ट्वीटरको नीति उल्लंघन गरेको ट्वीटरले बताएको छ। व्यक्तिगत एकाउन्टमा प्रतिबन्ध लगाइएको भए पनि उनले आधिकारिक ट्वीटर एकाउन्टमा भने प्रतिबन्ध लगाइएको छैन। 

म्यासेजिङ एप टेलिग्रामबाट मर्जोरीले ट्वीटरको कदम गैर–अमेरिकी भएको आरोप लगाएकी छिन्। उनले आफूले कोरोना खोपको असर देखिएको तथ्यांकको आधारमा ट्वीट गरेको दाबी गरेकी छिन्। 

‘ट्वीटर अमेरिकाको शत्रु हो र उसले सत्य कुरा स्वीकार्न सक्दैन’, उनले भनिन्, ‘ठिकै छ, म अमेरिकाको लागि उनीहरु(ट्वीटर)को आवश्यकता छैन भन्ने देखाउनेछु र यो हाम्रा शत्रुहरूलाई पराजित गर्ने समय हो।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .