ad ad

प्रविधि


अमेरिकाको समुद्री आँधीः किन उठ्दै छ अमेजनको सुरक्षा नीतिमा प्रश्न?

अमेरिकाको समुद्री आँधीः किन उठ्दै छ अमेजनको सुरक्षा नीतिमा प्रश्न?

नेपालखबर
मंसिर २८, २०७८ मंगलबार ९:२४, काठमाडौँ

अमेरिकामा हालै आएको टोर्नाडो आँधीमा ई–कमर्स कम्पनी अमेजनको इलिनोइसस्थित वेयरहाउसमा काम गरिरहेका ६ जनाको मृत्यु भयो। उनीहरुको मृत्यु कम्पनीको भवन भत्किँदा भएको थियो। यससँगै अहिले अमेजनको स्वास्थ्य तथा सुरक्षा नीतिबारे प्रश्न खडा भएको छ। 

उक्त दुर्घटनामा आफ्नो ज्यान गुमाएका एक कर्मचारीकी बहिनीले सामाजिक सञ्जालमा लेखेकी छिन्–यदि उनले कामको साटो आफ्नो ज्यानको चिन्ता गरेको भए यस्तो हुने थिएन। 

अमेजनले भने आफ्नो टिमले आँधीबाट भएको दुर्घटनाबारे तत्कालै आवश्यक कदम चालेको बताएको छ। शुक्रबार अमेरिकाका विभिन्न ६ राज्यमा ठूलो आँधी आएको थियो। यो क्रममा अमेजनको इलिनोइसस्थित भवनको छत खसेको थियो। 

अमेजनका प्रवक्ता कली नानटेलले एक विज्ञप्ति जारी गर्दै यो दुर्घटनाप्रति कम्पनी गहिरो शोकमा रहेको बताएका छन्। दुर्घटनामा ज्यान गुमाएका २९ वर्षीय क्लेटन कोपले भवन भत्किनुभन्दा केही समयअघि मात्र परिवारसँग कुरा गरेका थिए।

क्लेटनलकी आमा कार्लाले आफ्नो छोराले समुद्री आँधीको तीव्रता बढ्न सक्ने चेतावनी दिन फोन गरेको बताइन्। उनले भनिन्, ‘मैले उसलाई सुरक्षित स्थानमा आश्रय लिन आग्रह गरेको थिएँ ।’ क्लेटनले अमेरिकी जलसेनाको प्रशिक्षण पनि लिएका थिए। यद्यपि उनी समुद्री आँधीबाट बच्न सकेनन्। 

यस्तोमा अमेजनमा सुरक्षित स्थानमा आश्रय लिन पर्याप्त स्थान थियो कि थिएन भन्ने प्रश्न उठ्न थालेको छ। साथै साँझदेखि नै मौसम  खराब रहने चेतावनीका बाबजुद सिफ्टको काम किन रोकिएन? भन्ने अर्को प्रश्नको अहिले अमेजनले सामना गरिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .