ad ad

प्रविधि


लागू औषध तस्करीमा अमेजन इन्डियाका शीर्ष अधिकारीमाथि मुद्दा

लागू औषध तस्करीमा अमेजन इन्डियाका शीर्ष अधिकारीमाथि मुद्दा

नेपालखबर
मंसिर ७, २०७८ मंगलबार १०:४२, काठमाडौँ

अमेरिकी प्रविधि कम्पनी अमेजनको भारतको शाखामा लागू औषधको व्यापार हुने गरेको भन्दै प्रहरीले कम्पनीका शीर्ष अधिकारीमाथि मुद्दा चलाएको छ। प्रहरीले कम्पनीको वेबसाइटबाट लागू औषधको कारोबार हुने गरेको पाइएको भन्दै शीर्ष अधिकारीहरुमाथि मुद्दा चलाएको हो।

बीबीसीका अनुसार केही समयअघि प्रहरीले वेबसाइटको प्रयोग गरी गाँजा तस्करी गरिरहेका दुई जनालाई पक्राउ गरेको थियो। 

मध्य प्रदेशको प्रहरीले २० किलो लागू औषध तस्करी गरेर अर्को राज्यमा लैजाँदै गरेको अवस्थामा पक्राउ गरेको थियो। प्रहरीका अनुसार उनीहरुले अन्य व्यापारको आडमा भाङको व्यापार गर्ने गरेका थिए।

अमेजनले आफूसँग उपलब्ध भएको जानकारी कानुनी निकायलाई दिएको बताएको छ। अमेजनले अवैध कार्यविरुद्धमा कम्पनीले शून्य सहनशीलता राख्दै आएको बताएको छ। जो कोहीले कम्पनीको नीति र कानुनको पालना नगरेको अवस्थामा उनीहरुलाई कारबाही गरिने कम्पनीको दाबी छ। 

कम्पनीले आफ्नो साइटमा अवैध उत्पादन नराखिने गरेको र त्यस्ता उत्पादनको व्यापार गर्ने व्यापारीलाई नियम अनुसार कारबाही गरिने बताएको छ। 

प्रहरीले अमेजन इन्डियाका कार्यकारी निर्देशकहरुमाथि मुद्दा दायर गरिएको बताएको छ। यद्यपि कतिजनामाथि मुद्दा चलाइएको हो भन्ने विषयमा भने कुनै जानकारी दिइएको छैन। समग्रमा अमेजनको वेबसाइटबाट करिब एक हजार किलो गाँजाको व्यापार भएको अनुमान छ।

अमेजनले भारतमा एकाधिकारको मामिलामा पनि अनुसन्धानको सामना गरिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .