ad ad

प्रविधि


धेरैले प्रयोग गर्दैनन् मोबाइलको यो फिचर: जसले फोन अनलक हुँदा पनि खोल्न दिँदैन अरु एप

धेरैले प्रयोग गर्दैनन् मोबाइलको यो फिचर: जसले फोन अनलक हुँदा पनि खोल्न दिँदैन अरु एप

नेपालखबर
कात्तिक १७, २०७८ बुधबार १२:९, काठमाडौँ

स्मार्टफोनमा यस्ता धेरै कुरा हुन्छन्, जुन हामलाई थाहा नहुन सक्छ र थाहा भए पनि प्रयोग नगरेको हुन सक्छ।

यहाँ हामीले हरपल प्रयाेग गर्ने स्मार्टफोनको एक फिचरबारे उल्लेख गरिएको छ। धेरै पटक अन्य मानिसलाई कुनै कामको लागि आफ्नो फोन दिनुपर्ने हुन्छ तर उनीहरुले अर्को एप खोलेर आफ्नो डेटा हेर्छन् कि भन्ने डर भने भइरहन्छ। 

यस्तोमा स्मार्टफोनमा रहेको एउटा सेटिङ्सले तपाईंको समस्या समाधान गर्न सक्छ। तपाईंले यो सेटिङ्सको प्रयोग गरेपछि फोन अनलक हुँदा पनि तपाईंको अनुमति विना कसैले पनि फोनको प्रयोग गर्न सक्दैनन्। 

यो फिचरको नाम पिन द स्क्रिन वा स्क्रिन पिनिङ हो। यो सेटिङ्स अन गरेपछि तपाईंको फोनमा एउटा मात्र एप खुल्छ, त्यसबाहेकको कुनै पनि एप खोल्न मिल्दैन। 
कसरी प्रयोग गर्ने ? 

  •  फोनको सेटिङ्समा जानुहोस्। 
  • सेक्युरिटी एण्ड लक भन्ने अप्सनमा जानुहोस्। यसमा प्राइभेसीसम्बन्धी अन्य अप्सन पनि देखाउँछ। जसमध्ये पिन द स्क्रिन वा स्क्रिन पिनिङ भन्ने अप्सन पनि हुन्छ। यसलाई अन गर्नुहोस्। 
  • फरक फरक फोनमा यो सेटिङ्स फरक ठाउँमा हुन्छ, त्यसैले फोनको सर्चमा गएर यो फिचर खोज्न पनि सकिन्छ। 
  • माथिको प्रोसेस सकिएपछि जुन एपलाई पिन गर्नुपर्ने हो त्यसलाई खोल्नुहोस् र बन्द गर्नुहोस्। 
  • अब रिसेन्ट एप्समा गएर त्यसलाई लङ प्रेस गर्नुहोस् र पिनको अप्सन सेलेक्ट गर्नुहोस्। त्यसपछि अब तपाईंको फोन प्रयोग गर्नेले अन्य एप चलाउन पाउँदैन। 
  • यसलाई हटाउन होम र ब्याक बटम एकैसाथ थिच्नुपर्छ र लक स्क्रिनको पासवर्ड हान्नुपर्छ। 
     

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .