ad ad

प्रविधि


चीनमा आफ्नो सेवा बन्द गर्ने याहूको घोषणा

चीनमा आफ्नो सेवा बन्द गर्ने याहूको घोषणा

नेपालखबर
कात्तिक १७, २०७८ बुधबार ७:३२, काठमाडौँ

इन्टरनेट क्षेत्रको पुरानो कम्पनी याहूले चीनमा आफ्नो सेवा बन्द गर्ने भएको छ। कम्पनीले एक विज्ञप्ति जारी गर्दै १ नोभेम्बरबाट चीनमा याहूको सेवा बन्द भएको बताएको हो।

पछिल्लो समय ‘बढ्दो व्यापारिक र कानुनी चुनौती’को कारण यो कदम उठाउनुपरेको कम्पनीको भनाइ छ।

विज्ञप्तिमा चीनमा सेवा प्रदानको क्रममा आफ्ना उपभोक्ताहरुले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरिएको छ। पछिल्लो उक सातामा चीनमा आफ्नो सेवा बन्द गर्ने याहू दोस्रो अमेरिकी कम्पनी हो। यसअघि लिंक्डइनले पनि चीनमा आफ्नो सेवा बन्द गरेको थियो। 

याहूले यसअघि सन् २०१५ मा चीनको बेइजिस्थित आफ्नो कार्यालय बन्द गरेको थियो। चीनमा यसअघि नै याहूको वेब पोर्टललगायतका केही सेवा प्रतिबन्धित छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .