ad ad

प्रविधि


फेसबुकले फेर्‍याे आफ्नो नाम

फेसबुकले फेर्‍याे आफ्नो नाम

नेपालखबर
कात्तिक १२, २०७८ शुक्रबार ६:५८, काठमाडौँ

फेसबुकले आफ्नो कर्पोरट नाम परिवर्तन गर्दै ‘मेटा’ राखेको छ। पछिल्लो समय भर्चुअल रियालिटी (भीआर) प्रविधिको प्रयोग बढाउने योजनामा रहेको कम्पनीले आफ्नो नाम परिवर्तन गरेको हो।

यद्यपि अहिले फेसबुकले गरेको आफ्नो नामको परिवर्तन भने व्यक्तिगत प्लेटफर्ममा भने देखिँदैन। फेसबुकले गरेको नाम परिवर्तन पछि पनि फेसबुक, इन्स्टाग्राम वा ह्वाट्सएप चलाउँदा कुनै परिवर्तन भने हुने छैन।

यो परिवर्तन अनुसार कम्पनीको नाम भने मेटा रहनेछ। मेटा कम्पनीको मातहतमा फेसबुक, इन्स्टाग्राम तथा ह्वाट्सएपजस्ता सामाजिक सञ्जाल रहनेछन्। 

पछिल्लो समय फेसबुकबारे विभिन्न नकारात्मक समाचार आइरहेको अवस्थामा फेसबुकले आफ्नो ब्राण्डको नाम परिवर्तन गर्ने भएको हो। केही समयअघि मात्र फेसबुक प्रयोगकर्ताको सुरक्षा भन्दा पनि आफ्नो नाफा बढाउन केन्द्रित हुने गरेको विवरण सार्वजनिक भएको थियो। 

नयाँ नामले कम्पनीलाई अझै राम्रोसँग परिभाषित गर्ने बताएको छ। कम्पनीले पछिल्लो समय भीआरमा लगानी बढाएको छ। केही समयअघि मात्र कम्पनीले भीआरमा आधारित डिजिटल विश्व ‘मेटाभर्स’को योजना सार्वजनिक गरेको थियो।

यो योजनामा काम गर्न कम्पनीले युरोपमा १० हजार मानिसलाई रोजगारी दिने बताएको थियो। अहिले कम्पनीको नाम पनि मेटा राखिनुले पनि कम्पनीको भीआरमा लगानी बढाउने योजनालाई बल पुग्ने जानकारहरुले बताएका छन्। 

यसअघि सन् २०१५ मा गुगलले पनि कम्पनीको संरचना परिवर्तन गर्दै अल्फाबेटलाई माउ कम्पनी बनाएको थियो। यद्यपि गुगलको नाम भने परिवर्तन गरिएको थिएन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .