ad ad

प्रविधि


एकपटकको चार्जमा ३ दिनसम्म ब्याट्रि टिक्ने नोकियाको स्मार्टफोन सार्वजनिक

एकपटकको चार्जमा ३ दिनसम्म ब्याट्रि टिक्ने नोकियाको स्मार्टफोन सार्वजनिक

नेपालखबर
कात्तिक ६, २०७८ शनिबार १४:१३, काठमाडौँ

एचएमडी ग्लोबलले एकपटक चार्ज गरेपछि तीन दिनसम्म ब्याट्रि टिक्ने नोकिया सी३० सार्वजनिक गरेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार जियोसँगको सहकार्यमा यो स्मार्टफोन भारतमा सार्वजनिक गरिएको हो।

भारतमा यो स्मार्टफोन हरियो र सेतो रङमा उपलब्ध छ। यो फोन ३/३२ र ४/६४ जीबी र्‍याम/इन्टर्नल स्टोरेजको भेरियन्टसहित उपलब्ध हुनेछ। भारतमा यसको मूल्य ३/३२ जीबी भेरियन्टको लागि ११ हजार भारु र ४/६४ जीबी भेरियन्टको लागि १२ हजार भारु तोकिएको छ। 

यो स्मार्टफोनमा ६.८२ इन्चको डिस्प्ले रहेको छ। यसमा ६ हजार एमएएचको ब्याट्रि छ। यो स्मार्टफोनमा १३ मेगापिक्सलको ड्युल क्यामेराको प्रयोग गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .