ad ad

प्रविधि


फेसबुकको डिजिटल मुद्राविरुद्ध उत्रिए अमेरिकी सांसद

फेसबुकको डिजिटल मुद्राविरुद्ध उत्रिए अमेरिकी सांसद

बीबीसी
असार ५, २०७६ बिहिबार ११:३६,

फेसबुकको डिजिटल मुद्रा लिब्रा रोक्न अमेरिकी सांसदले आग्रह गरेका छन्।

फेसबुकले हालै आफूले आगामी वर्षदेखि डिजिटल मुद्रा संचालनमा ल्याउन लागेको बताएको थियो।

फेसबुकका अनुसार आफ्नो मुद्रा लिब्रामार्फत् मानिसहरूले फेसबुकको आफ्नै एप्स तथा ह्वाट्सएपबाट आर्थिक कारोबार गर्न सक्नेछन्।

तर अमेरिकी संसदको फाइनान्सियल सर्भिसेस् कमिटिकी अध्यक्ष म्याक्सिन वाटर्सले अमेरिकी संसदले सो परियोजना अध्ययन नगरेसम्म फेसबुकले लिब्रा संचालनमा कुर्नुपर्ने बताएकी छन्।

म्याक्सिन वाटर्स

वाटर्स

उनले फेसबुकमाथि प्रश्न गरेकी छन्। उनले फेसबुक समस्याग्रस्त भएको बताइन्।

डेमोक्रेटिक पार्टीकी सांसद म्याक्सिन वाटर्सले भनिन्,“कम्पनीको समस्याग्रस्त इतिहास हेरेर म फेसबुकलाई कंग्रेस र नियामकहरूले अध्ययन गर्ने मौका नपाएसम्म डिजिटल मुद्रा विकास गर्ने काम रोक्न अनुरोध गरेकी छु।’

फेसबुक

यद्यपी फेसबुकले आफू नीतिनिर्माताहरूको प्रश्नमा स्पष्टिकरण दिन तयार रहेको बताएको छ। वाटर्सले भने आफ्नो कमिटिको अगाडि स्पष्टिकरण दिन फेसबुकलाई चुनौती दिएकी छन्।

यस्तै अर्का अमेरिकी सांसद शेर्रोड ब्राउनले भनेका छन्,“हामी फेसबुकलाई बिना सुपरिवेक्षण स्वीस बैंकबाट नयाँ खतरनाक डिजिटल मुद्रा चलाउन अनुमति दिन सक्दैनौँ।

Image result for bitcoin

फेसबुकका अनुसार इन्टरनेटको पहुँचमा भएका र स्मार्टफोन बोक्ने सबैले लिब्रा प्रयोग गर्न सक्नेछन्। मानिसहरूले पैसाको बचत, लेनदेन र खर्च मोबाइलमा मेसेज पठाए जसरी नै सहज तरिकाले गर्न सकुन् भन्ने आफूहरूले चाहेको फेसबुकले बताएको छ।

फेसबुकले अहिले प्रयोगमा रहेका बिटक्वाइन जस्ता डिजिटल मुद्राका अनुभवबाट सिक्दै लिब्रालाई परिष्कृत गरिने बताएको छ। यद्यपी डिजिटल मुद्रा अस्थिर हुनसक्ने भन्दै कतिपयले चिन्ता व्यक्त गर्ने गरेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .