यी स्मार्टफोनको फिंगरप्रिन्ट लकमा समस्या देखिएको हो।
केही समय अगाडिमात्र यी दुवै फोन विश्व बजारमा सार्वजनिक भएका थिए।
सामसुङले यी स्मार्टफोनको फिंगरप्रिन्ट लक फिचर अत्यन्त भरपर्दो भएको बताएको थियो।
यद्यपी यी फोनहरुको फिंगरप्रिन्ट लक जसको फिंगरप्रिन्टबाट पनि खुल्ने खालको भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।
केही समय अगाडिमात्र वेलायी महिलाले यो समस्याबारे भिडियोमा देखाएपछि यस समस्या पत्ता लागेको हो।
सामसुङले एस १० र नोट १० का प्रयोकर्तालाई तत्काल फिंगरप्रिन्ट लक हटाएर अन्य लक सिस्टम अपनाउन आग्रह गरेको छ।
सामसुङले आफूले ती फोनहरुमा फिंगरप्रिन्ट लक फिचर प्रदान गर्न नयाँ सफ्टवेरको निर्माण गरिरहेकाले धैर्य गरेर बस्न आग्रह गरेको छ। बीबीसी
प्रतिक्रिया