ad ad

रिभ्यु


सुजुकीको एक्सएल–६: कस्ता छन् जेटा र अल्फा ? (रिभ्यु)

सुजुकीको एक्सएल–६: कस्ता छन् जेटा र अल्फा ? (रिभ्यु)

नेपालखबर
भदौ ११, २०७६ बुधबार ८:२६,

सुजुकीको नयाँ प्रिमियम एमपीभी कारहरु सार्वजनिक गरिएको छ। बोल्ड, आइकोनिक डिजाइनका यी गाडी आकर्षक, आरामदायी र अब्बल सुरक्षा प्रणाली रहेका कारहरु भएको सुजुकीको नेपाली अधिकृत बिक्रेता सीजी मोटोकर्पले जनाएको छ। कारको मूल्य जेटाको ४६ लाख ९९ हजार र अल्फाको ४७ लाख ९९ हजार रुपैयाँ रहेको छ।

कम्पनीका कार्यकारी निर्देशक करण चौधरीका अनुसार पारिवारिक यात्रालाई सफल बनाउने नयाँ कारका रुपमा एक्सएल–६ लाई नेपाली अटोबजारमा भित्र्याइएको हो। यो कारको स्वरुप, धेरै जना अट्ने स्थान, आनन्ददायी, सुरक्षा र प्रस्तुतिमा जोड दिएर उत्पादन भएको चौधरीले बताए।

यस्तो छ एक्सटेरियर
यो कारको बाहिरी स्वरुप अत्यन्तै आकर्षक रहेको छ। आईकोनिक, बोल्ड डिजाइनयुक्त यो कार स्पोर्टी समेत देखिन्छ। हेडल्याम्पको इन्सेट एलईडी डीआरएल्स यस कारमा रहेको छ। पूरै कालो अलोय पांग्रा, रुफ रेलले कारलाई निकै स्टाइलिस बनाएको छ।

इन्टेरियर
त्यस्तै कारको भित्री स्वरुप र सुविधा पनि निकै अत्याधुनिक प्रकृतिको छ। पर्याप्त स्पेस रहेको कारमा सेकेन्ड रो क्याप्टेन सिटहरु आराम र आनन्ददायी छन्। स्टिअरिङमा लेदर बेरिएको छ। क्लाउड जोडिएको इन्फोटेन्मेन्ट, १७.८ सेन्टिमिटरको स्मार्टप्ले स्टुडियो टचस्क्रिन, लो फ्युअल अलर्ट, फ्युअल इकोनोमिजस्ता स्विचहरु कारमा रहेका छन्। सहजै स्मार्टफोनसँग जोडिने सुविधा पनि यसमा रहेको छ।

अन्य स्वरुप
यो कार बीएस६ कम्प्लियन्टले पावरर दिने के१५ पेट्रोल इन्जिनयुक्त छ। जसमा लि–आईअन ब्याट्रीसँग स्मार्ट हाइब्रिड टेक्नोलजी जोडिएको छ। के१५ इन्जिनले ६ हजार आरपीएममा ७७ किलोवाटको पिक पावर जेनरेट गर्छ। यसको अधिकतम टर्क भनेको ४४ सय आरपीएममा १३८ एनएमको हो। यो कार ५ स्पिड म्यानुअल र ४ स्पिड अटोमेटिक ट्रान्समिसन अप्सनमा रहेको छ।

सुरक्षालाई विशेष जोड
सुजुकीको पाँचौँ पुस्ताको हार्टटेक प्लेटफर्मममा आधारित सबै नयाँ एक्सएल६ ले नेपाली सुरक्षा मापदण्डलाई जोड दिएको छ। अगाडि अफसेट इम्प्याक्ट, साइड इम्प्याक्ट र पैदल यात्रु सुरक्षालाई ध्यानमा राखेर कारको निर्माण गरिएको कम्पनीले जनाएको छ। यसमा अगाडि दुईवटा एयरब्याग, एन्टिलक ब्रेकिङ प्रणालीसँग इलेक्ट्रोनिक ब्रेक फोर्स समेत जोडिएको छ। त्यस्तै अगाडि सिटबेल्ट र फोर्स लिमिटर, आईएसओफिक्स बालसुरक्षा सिट एंकरेज, उच्च गतिमा चेतावनी दिने प्रणाली, रिभर्स पार्किङ सेन्सरलगायत सबै भेरियन्टमा सुविधा रहेका छन्। त्यस्तै इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम (ईएसपी) ले पहाडी क्षेत्रमा हिलहोल्ड फंक्सनको काम गर्नेछ। योचाहिँ अटोमेटिक भेरिएन्टमा रहेको छ।

थप तथ्यः
चौडाइ (एमएम):   १७७५ म्याक्स टर्क ४४ सय आरपीएममा १३८ एनएम
लम्बाइ (एमएम):  ४४४५
म्याक्स पावर:       ६ हजार आरपीएममा ७७ केडब्ल्यू
उचाइ (एमएम):    १७००
ह्विलबेस:             २७४०
लगेज स्पेस (एल): २०९एल/६९२ एल
ट्रान्समिसन:         ५ स्पिड म्यानुअल र ४ स्पिड अटोमेटिक
टायर आकार:      १८५/६५ आर१५
डिस्प्लेसमेन्ट:      १४६२ सीसी
इन्धन क्षमता:     ४५ लिटर
रंग: नेक्सा ब्ल्यु, ब्रेभ खाकी, औबर्न रेड, म्याग्मा ग्रे, प्रिमियम सिल्भर र आर्कटिक ह्वाइट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .