ad ad

कोशी


सप्तकोसी बाढी अपडेट : टापुमा फसे बेलकाका बासिन्दा

सप्तकोसी बाढी अपडेट : टापुमा फसे बेलकाका बासिन्दा

बुधबार बिहान देखिएको सप्तकोसीको बाढी। सबै तस्बिर : सुमन पुरी/नेपालखबर


सुमन पुरी
साउन १८, २०७९ बुधबार ११:१६, काठमाडौँ

सप्तकोसीको बहाव पश्चिमतर्फ बढ्न थालेको छ। बिहान ३ बजेदेखि  सप्तकोसीको नदी उदयपुरको बेलका नगरपालिका वडा नम्बर ८ बाट पश्चिमतर्फ पसेको हो। 

सुरुमा थोरै मात्र पानी पश्चिमतर्फ पसेकोमा अहिले निरन्तर पानीको मात्रा बढिरहेको हो। 

पश्चिमतर्फ पानीको मात्रा बढ्दा उद्धारमा समस्या देखिन थालेको छ। बिहानसम्म मानिसहरू हिँडेरै नदी तरिरहेका थिए। अहिले भने पानीको मात्रा बढेसँगै बेलकाका वडा नम्बर ३ र २ र ९ का बासिन्दा टापुमा फसेका छन्। यस्तै बराहक्षेत्र नगरपालिकाका २ वटा वडाका बासिन्दा पनि टापुमा फसेका छन्। 

पानीको मात्रा पश्चिमतर्फ सोझिएको भंगालोतर्फ बढ्दा जोखिममा परेका नागरिकको उद्धारको काम भइरहेको भए पनि पानीको सतह पश्चिमतर्फ बढेकाले समस्या भएको उद्धारमा खटिएका सशस्त्र प्रहरी उपरीक्षक कृष्ण अधिकारीले बताए।

उनका अनुसार अब डुंगाबाट तार्नुपर्ने अवस्था आएको छ। यसका लागि सशस्त्र प्रहरीका ३ वटा डुंगा विपदस्थलमा पुर्याइएको छ। 
यस्तै टापुमा फसेका नागरिकको उद्धारका लागि २ सयभन्दा बढी सशस्त्र प्रहरी परिचालन गरिएको छ। नेपाली सेनाको टोली पनि उद्धारका लागि आइसकेको अधिकारीले बताए। 

गोताखोर पनि 
नदीले धार परिवर्तन गर्दा जोखिममा परेका नागरिकको उद्धारका लागि गोताखोर समेत प्रयोग गरिएको छ। 

सशस्त्र प्रहरीका तालिम पात्र गोताखोर प्रभावित क्षेत्रमा पुर्याइएको शसस्त्र प्रहरीका डीआईजी कमल गिरीले जानकारी दिए। 

उनले उद्धारका लागि कुनै कमी हुन नदिने बताए। नदीले धार परिवर्तन गरेपछि जोखिममा परेका स्थानीयको उद्धार तथा पुनःस्थापनका लागि प्रमुख जिल्ला अधिकारीसहितको टोली प्रभावित स्थानमा पुगेको छ। 

याे पनि : ​

७० वर्षपछि सप्तकोसी पुरानै बाटोमा, ३ जिल्लाका ५ पालिका जोखिममा

 ​सप्तकोसी नदी बेलकाबाट पश्चिमतर्फ पस्यो, २० हजार प्रभावित, ५ हजारको उद्धार (तस्बिरहरू)

 ​सप्तकोसीको बाढीले विस्थापितलाई सुरक्षित स्थानमा सार्न गृहमन्त्रीको निर्देशन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .