प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा कोरोना खोप लगाउने अभियान सुरु गरिए पनि सतर्कता अपनाउन नछाड्न आम नागरिकलाई आग्रह गरेका छन्।
बुधबार बिहान सरकारी निवास बालुवाटारबाट भर्चुअल कार्यक्रममार्फत खोप अभियानको उद्घाटन समारोह उनले खोप सुरु भए पनि मास्क लगाउने, दूरी कायम गर्ने, सरसफाइमाजस्ता कुरामा ध्यान दिन आग्रह गरेका हुन्।
उद्घाटन मन्तव्य दिँदै उनले भने, ‘खोप प्रारम्भ भए पनि यो (कोरोना महामारी) निमिट्यान्न नहुँदासमम मास्क अनिवार्य प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने तथा उचित खानपान र सरसफाइमा ध्यान दिने गर्नुपर्छ।’
विज्ञहरूले पनि खोप लगाउनेबित्तिकै संक्रमणको जोखिम अन्त्य नहुने भएकाले होसियारी जारी नै राख्नुपर्ने बताइरहेका छन्।
विज्ञका अनुसार खोपको पहिलो डोज लिँदासम्म पनि उसले अर्को व्यक्तिलाई भाइरस सार्न सक्छन्। अर्को कुरा खोप शतप्रतिशत नै प्रभावकारी हुन्छ भन्ने ग्यारेन्टी पनि छैन।

प्रतिक्रिया