समाज


सरकारको उल्टो गति: कोरोनाको उपचारमा डब्लुएचओले मान्यता नदिएको औषधि आयात र प्रयोग गर्न दिइयो अनुमति

सरकारको उल्टो गति: कोरोनाको उपचारमा डब्लुएचओले मान्यता नदिएको औषधि आयात र प्रयोग गर्न दिइयो अनुमति

नेपालखबर
कात्तिक १, २०७७ शनिबार ३:१५,

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मान्यता नदिएको औषधि सरकारले नेपालमा कोरोना संक्रमितको उपचारमा प्रयोग गर्न अनुमति दिएको छ।

डब्लुएचओले ‘रेम्डेसिभिर’ नामक औषधि कोरोनाको उपचारमा प्रभावकारि नदेखिएको बताइरहँदा सरकारले भने त्यही औषधि आयात, बिक्रि र प्रयोग गर्न अनुमति दिएको हो।

डब्लुएचओले शुक्रबार बिहान रेम्डेसिभिर नामको औषधि कोरोनाको उपचारमा प्रभावकारी नदेखिएको सार्वजनिक गरेको थियो। सरकारले भने शुक्रबार दिउँसो सार्वजनिक सूचना जारी गर्दै यो औषधि आयात, बिक्री र प्रयोग गर्न अनुमति दिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले यो औषधि आयात र बिक्रीको लागि यति र सिनर्जी कम्पनीलाई अनुमति दिइएको जानकारी दिएका छन्।

EkcMS9YUUAAapMY

रेम्डेसिभिरको प्रभावकारिताबारे गरिएको क्लिनिकल परीक्षणमा बिरामीको स्वास्थ्यमा त्यसले खासै कुनै सुधार ल्याउन नसकेको डब्लुएचओले ठहर गरेको छ।

फाइन्यान्शल टाइम्समा प्रकाशित विवरणमा डब्ल्यूएचओले रेम्डेसिभिरको नतिजाले कोरोनाको उपचारमा विद्यमान उपलब्ध औषधिहरूको प्रयोगको आशामा धक्का लागेको जनाएको छ।

परीक्षणमा रेम्डेसिभिर तथा अन्य तीन औषधिको अस्पतालमा भर्ना भएका ११,००० बिरामीमा प्रयोग गरिएको थियो।

ती कुनै पनि औषधिले बिरामीको जीवित रहने सम्भावना वा उनीहरूलाई भेन्टिलेटर आवश्यक पर्ने नपर्ने अनि कति लामो समय अस्पतालमा बस्नुपर्ने भन्नेबारे खासै प्रभाव पारेको देखिएन।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोभिड उपचारका लागि लिएका औषधिमध्ये रेम्डेसिभिर पनि एक थियो।

याे पनिट्रम्पलेसमेत प्रयोग गरेका थिए रेम्डेसिभिर औषधि, तर डब्लुएचओले भन्यो -कोरोना उपचारमा यसको प्रभावकारिता छैन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .