समाज


पूर्वडीआईजी रञ्जन कोइरालालाई फेरि जेल पठाउन माग गर्दै परेको पुनरवलोकन निवेदनको सुनुवाइ आज

पूर्वडीआईजी रञ्जन कोइरालालाई फेरि जेल पठाउन माग गर्दै परेको पुनरवलोकन निवेदनको सुनुवाइ आज

नेपालखबर
साउन ११, २०७७ आइतबार ०:३६,

सशस्त्र प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (पूर्वडीआईजी) रञ्जन कोइरालालाई आधाभन्दा बढी कैद सजाय छुट गरेको फैसलाविरुद्ध सरकारले सर्वाेच्च अदालतमा दर्ता गरेको पुनरवलोकन निवेदनमा आज (आइतबार) सुनुवाइ हुने भएको छ।

पत्नी गीता ढकालको हत्या गरेको कसुरमा काठमाडौं जिल्ला अदालत र तत्कालीन ललितपुर पुनरावेदन अदालत (अहिले उच्च) ले कोइरालालाई सर्वस्वसहित जन्मकैद सजाय तोकेकामा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसी (सर्वाेच्च) को संयुक्त इजलासले साढे ११ वर्ष कैद घटाउँदै उनलाई बिहीबार जेलमुक्त गराएको थियो।

त्यो फैसला गलत भएको दाबीसहित पुनः विचार गर्न माग गर्दै महान्यायाधीवक्ताको कार्यालयले बिहीबार सर्वाेच्चमा दर्ता गराएको पुनरवलोकन निवेदनमा आज सुनुवाइ हुने भएको हो। यो निवेदन आइतबारका लागि पेसीमा चढिसकेको सर्वाेच्च अदालत स्रोतले जनाएको छ।

न्यायाधीशत्रय बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासमा सुनुवाइ हुनेछ। 

महान्यायाधिवक्ताको कार्यालयका अनुसार ‘सर्वोच्च अदालतबाट स्थापित नजिर वा कानुनी सिद्धान्तको प्रतिकूल फैसला वा अन्तिम आदेश भएको देखिएकाले’ पुनरवलोकनको निवेदन दिइएको हो।

संवैधानिक व्यवस्थाअनुसार पुनरवलोकनको व्यवस्था भएकाले यसबाट अन्तिम टुंगो नलाग्दासम्म यो मुद्दा पुन: विचाराधीन बनेको छ।

फैसलामा गल्ती भएको लागेमा सर्वोच्चको पूर्ण इजलासले पुनरवलोकनको निस्सा अर्थात् अनुमति दिनेछ। विगतमा यसरी पुनरवलोकनबाट कतिपय ठूला मुद्दाका फैसला उल्टिएका उदाहरण छन्। 

याे पनि

पूर्वडीआईजी कोइरालालाई ६ न्यायाधीशले फेरि जेल फर्काउन सक्ने

रञ्जन काेइरालालाई सजाय छुट दिने प्रधानन्यायाधीशविरुद्ध महाभियोग माग गर्दै माइतीघरमा प्रदर्शन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad