राजनीति


इजरेलको आक्रमणमा प्यालेस्टाइनको १३ तले भवन यसरी भयो ध्वस्त (भिडिओ)

इजरेलको आक्रमणमा प्यालेस्टाइनको १३ तले भवन यसरी भयो ध्वस्त (भिडिओ)

नेपालखबर
बैशाख २९, २०७८ बुधबार ७:१०,

संयुक्त राष्ट्रसङ्घका मध्यपूर्व शान्तिदूत टोर वेन्स्ल्यान्डले इजरेल तथा प्यालेस्टिनी विद्रोहीबीच गाजामा चर्किरहेको सङ्घर्षले अवस्थालाई पूर्ण युद्धतर्फ धकेलिरहेको चेतावनी दिएका छन्।

जेरुसलेमका प्यालेस्टाइनी नागरिकलाई त्यहाँका यहुदी समुदायले लखेट्न खोजेको भन्दै सुरुवातमा त्यहाँ विवाद भएको हो।

जेरुसलेमको अल–अक्सा मस्जिद मुसलमानको पवित्र धार्मिकस्थल मानिन्छ। प्यालेस्टाइनका नागरिकलाई मस्जिदमा प्रवेश गर्न नदिएपछि हिंसा सुरुवात भएको बताइएको छ।

त्यहाँ सुरुवात भएको संघर्षमा इजरेली प्रहरीले अधिकाँश प्यालेस्टाइनी नागरिक घाइते बनाएपछि प्यालेस्टाइनको विद्रोही समूह हमासले इजरेलतर्फ हालै क्षेप्यास्त्र हानेको थियो।

त्यसको प्रतिकार गर्दै इजरेलले प्यालेस्टाइनको गाजा क्षेत्रमा आक्रमण गर्दा १३ तले भवन भत्किएको छ।

१३ तले भवन यसरी भत्कियाे (भिडिओ)

गाजामा एउटा भवन परिसर ध्वस्त पारिएपछि नै प्यालेस्टिनी विद्रोहीहरूले पनि इजरेली सहर तेल अभिभमा १३० वटा क्षेप्यास्त्र प्रहार गरेको बीबीसीले जनाएको छ।

सार्वजनिक भएका भिडिओहरुमा ठूलो भवन भत्केको देखिएको छ। साथै हमासले हानेको क्षेप्यास्त्रहरुलाई इजरेलले आकाशमै पड्काइएको पनि भिडिओमा देख्न सकिन्छ।

गाजाको भवनमा बसिरहेका मानिसहरू तथा स्थानीय बासिन्दालाई त्यहाँबाट अन्यत्र जान चेतावनी दिएको डेढ घण्टापछि गाजास्थित १३ तले भवनमा हमला गरिएको रोयटर्स समाचारसंस्थाले जनाएको छ।

सोमबार रातिदेखि हमासले इजरेलतर्फ हजारभन्दा बढी क्षेप्यास्त्र हानिसकेको छ। दुवैतर्फको आक्रमणमा ४० भन्दा बढीको मृत्यु भएको छ।

के हो विवाद?
सन् १९६७ को युद्धमा इजरेलले पूर्वी जेरुसलेम आफ्नो नियन्त्रणमा लिएको छ। अहिले इजरेलले जेरुसलेमलाई आफ्नो राजधानी मान्छ।

तर प्यालेस्टानसहित अन्तर्राष्ट्रिय समुदायले इजरेलको समर्थन गर्दैनन्। प्यालेस्टाइन पूर्वी जेरुसलेमलाई एउटा स्वतन्त्र मुलुकको राजधानीको रुपमा हेर्छ।

पछिल्लो समय इजरेलका यहुदी समुदायले त्यहाँका मुस्लिम प्यालेस्टाइनी नागरिकलाई हटाउन खोजेपछि विवाद भएको छ।

सन् २०१६ को अक्टोबरमा संयुक्त राष्ट्रसंघ अन्तर्गत साँस्कृतिक शाखा युनेस्कोको कार्यकारी बोर्डले एउटा प्रस्ताव पारित गर्दै जेरुसलेमको अल–अक्सा मस्जिदमा यहुदीको दाबी नभएको उल्लेख गरेको थियो।

Gaza terrorists fire barrages at Jerusalem, southern Israel, raising fear  of war | The Times of Israel

युनेस्कोको कार्यकारी समितिले पनि यो प्रस्तावलाई पास गरेको थियो। सो प्रस्तावमा अल–अक्सा मस्जिदमा मुसलमानको अधिकार भएको र यहुदीसँग त्यसको कुनै सम्बन्ध नभएको जनाइएको थियो।

सो मस्जिद छेउमै यहुदीको टेम्पल माउन्ट मन्दिर छ। यहुदीले सो मन्दिरलाई महत्वपूर्ण धार्मिकस्थल मान्छन्।

हालै मस्जिदको स्पिकर ठूलो भएको भन्दै त्यहाँ हिंसा मच्चिएको थियो। यदिबेला भने प्यालेस्टाइनका नागरिकलाई त्यहाँ प्रवेश निषेध नै गरिएको बताइएको छ। बीबीसी

(भिडिओ)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .