कारोबार


महासंघमा स्थापना भयो कोभिड–१९ सहायता केन्द्र, तोकिए सम्पर्क व्यक्ति

महासंघमा स्थापना भयो कोभिड–१९ सहायता केन्द्र, तोकिए सम्पर्क व्यक्ति

नेपालखबर
बैशाख २९, २०७८ बुधबार ६:५२,

नेपाल उद्योग वाणिज्य महासंघमा मुलुकमा बढदो कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रण गरी आम सर्वसाधारणको जीवन रक्षामा सहयोग पुर्‍याउने उद्देश्यले कोभिड १९ सहायता केन्द्र स्थापना गरिएकोे छ ।

महासंघका पदाधिकारी र सम्वद्ध अधिकारीहरूको हालै बसेको बैठकले उक्त सहायता केन्द्र स्थापना गर्ने निर्णय गरेको हो। उक्त केन्द्रको समन्वय महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले गरेका छन्।

कोभिड १९ सहायता केन्द्रलाई प्रभावकारी रूपमा अगाडि बढाउन निम्नानुसार जिम्मेवारी बाँडफाँट समेत गरिएको महासंघले जनाएको छ।

क्र.सं.          सहायता हुने अत्यावश्यक क्षेत्रहरू                     सम्पर्क व्यक्ति
१.               अक्सिजन सिलिण्डर व्यवस्थापन                      रामचन्द्र संघई र सौरभ ज्योति
२.               अस्पताल/आइसोलेसन केन्द्र सहजीकरण         हेमराज ढकाल र रविन श्रेष्ठ
३.               अस्पताल व्यवस्थापन                                       ई.देशबन्धु बस्नेत (अजित), बाबुकाजी कार्की र डा. केयुर गौतम
४.               एम्वुलेन्स/आइसोलेसन केन्द्र                            रन्जितराज आचार्य
५.               औषधि/मेडिकल उपकरण                                प्रबलजंग पाण्डे र भक्त हमाल
६.               होटल/हवाई यातायात                                      ज्योत्सना श्रेष्ठ, विनायक शाह र विनोद सापकोटा

उक्त सहायता केन्द्रबाट सेवा लिन महासंघ सचिवालयका सम्पर्क अधिकृतद्वय हरि पौड्याल (९८०१०९६८१२) र रिंकु घिमिरे (९८०११९२५९१) लाई टेलिफोन वा एसएमएसमार्पmत सम्पर्क गरी आपूmलाई आवश्यक सेवा टिपाउन सकिने महासंघले जनाएको छ।

सहायता केन्द्रमा तोकिएको जिम्मेवारीअनुसार सदस्यहरूले महासंघका सदस्य, उद्यमी व्यवसायी एवं सर्वसाधारणको मागअनुसार सेवा प्रवाह गर्न सहजीकरण र समन्वयका लागि सम्बन्धित निकायसँग पहल गर्नेछन्।

सहायता केन्द्रका तर्फबाट यतिखेर सेवा प्रवाहमा निकै ठूलो भूमिका निर्वाह भइरहेको महासंघले जनाएको छ।

समस्यामा परेका, कोरोना उपचारमा सहजीकरण र समन्वय खोजीरहेका निकै धेरै मानिसहरूलाई स्वास्थ्य सहायता केन्द्रका तर्फबाट निरन्तर सहयोग एवं समन्वय समेत भइरहेको छ।

मुलुक संकटमा पर्दा महासंघले संस्थागत सामाजिक उत्तरदायित्वलाई मनन गरी हरेक पटक सहयोग पु¥याउंँदै आएको छ।

एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल अभियानअन्तर्गत महासंघले यसअघि हेल्लो डाक्टर सञ्चालनमा ल्याई कोभिड संक्रमणमा परेकालाई डाक्टरहरूबाट स्वास्थ्य परामर्श दिने कार्यको सुरुवात गरिसकेको छ।

मुलुकले कहिल्यै भोग्नु नपरेको यो महामारीबाट संक्रमित र मृत्यु हुनेको संख्या उकालो लागिरहेको छ।

महामारीको बढ्दो संक्रमणलाई नियन्त्रण गरी आम सर्वसाधारणको स्वास्थ्य सुरक्षा गर्नु यतिबेला सबैको परम कर्तव्य भएकाले आ–आफ्नो ठाउंबाट सकेको सहयोग गर्न र अधिकतम स्वास्थ्य सचेतना अपनाउन महासंघले सबैमा गम्भीर आग्रह गरेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .