राजनीति


बामदेव गौतमसँग प्रधानमन्त्री ओलीको डिनर मिटिङ

बामदेव गौतमसँग प्रधानमन्त्री ओलीको डिनर मिटिङ

नेपालखबर
बैशाख ९, २०७८ बिहिबार १७:३३,

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ बामदेव गौतमसँग भेटवार्ता गरेका छन्।

ओलीले गौतमसँग बालुवाटारमा 'डिनर' सहित भेटघाट गरेका हुन्।

गौतम कुनै समूहतर्फ नखुली एकता अभियान चलाइरहेका छन्।

आज नै माधव नेपाल र ओलीबीच होटल मेरियटमा भेटवार्ता भएको थियो।

ओली-गौतमको भेटमा एमाले प्रमुख सचेतक विशाल भट्टराई र कानुनमन्त्री लीलानाथ श्रेष्ठ पनि सँगै थिए।

भट्टराईले आफ्नो फेसवुकमा भेटको तस्बिर सार्वजनिक गर्दै लेखेका छन्,
'कमरेड बामदेब गौतमलाई मैले सपाट सोधें 'तपाईहरु बीचको संवाद सकारात्मक -नकारात्मक जे जस्तो भए पनि तस्बिर सार्वजनिक गर्छु है कमरेड ?' सम्माननीय प्रधानमन्त्रीज्यूको निवास वालुवाटारमा प्रमसंगको संवादपछि उहाँले भन्नुभो ''केपी ओली देशको प्रधानमन्त्री हो, नेकपा (एमाले) को अध्यक्ष हो तर उहाँसँगको मेरो सम्बन्ध पदका कारणले बनेको हैन जमानादेखिको हो र अटुट रहिरहनेछ।' अब कमरेड बामदेब गौतमले के गर्नुहोला भन्ने आम जिज्ञासाको जवाफ यसैमा खोज्ने त होला नि !'

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .