राजनीति


सरकारले विशेष दूत दिल्ली पठाउन सक्छः रिजाल (भिडियो वार्ता)

सरकारले विशेष दूत दिल्ली पठाउन सक्छः रिजाल (भिडियो वार्ता)

नेपालखबर
मंसिर ११, २०७६ बुधबार ११:२८,

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा विदेश विभागका उपप्रमुख विष्णु रिजालले कालापानी अतिक्रमणको विषयमा वार्ता गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष दूत भारत पठाउन सक्ने बताएका छन्।

भारतले हालै जारी गरेको नयाँ नक्सामा पनि कालापानी क्षेत्र आफ्नै भूभागमा पारेपछि नेपालमा त्यसको विरोध भएको थियो। त्यसपछि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएर पछि दिल्लीस्थित राजदूत निलाम्बर आचार्यमार्फत भारतको विदेश मन्त्रालयमा ‘कुटनीतिक नोट’ पठाएपनि दिल्लीसँग छलफलको पहल नगरेको भन्दै काठमाडौंमा सरकारको आलोचना भइरहेको छ।

नेकपा विदेश विभागका उपप्रमुख रिजालले भने नेपालखबरसँगको भिडियो वार्तामा कालापानी क्षेत्रमा भारतले गरेको अतिक्रमणविरद्ध सरकारले राजनीतिक र कुटनीतिक कदम चालेको बताए।

‘यो विषयमा प्रधानमन्त्री तहमै वार्ता होस् भन्ने धेरैको भनाइ छ, तर कुटनीतिमा सुरुमै त्यसरी कुराकानी हुँदैन’, रिजाल भन्छन्, ‘प्रधानमन्त्रीले विशेष दूत भारत पठाउन पनि सक्नुहुन्छ अथवा विदेश सचिव र विदेशमन्त्री तहमा छलफल भएपछि प्रधानमन्त्री तहमै पनि वार्ता हुनसक्छ।’

हेर्नुहोस् भिडियो वार्ताः

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .