नेपाली कांग्रेस बागमती प्रदेश सभाका सांसद नरोत्तम वैद्यले प्रधानमन्त्रीबारे दिएको अभिव्यक्ति फिर्ता लिएका छन्।
आज बसेको प्रदेश सभा बैठकमा सभामुखसँग समय लिएर बोल्दै उनले आत्मालोचनासमेत गरेका छन्।
आफू भावावेशमा आएर त्यस्तो अभिव्यक्ति दिन पुगेको उनको भनाई छ।
शुक्रबार प्रदेश सभाको बैठकमा सांसद वैद्यले प्रधानमन्त्री ओलीले देश सिध्याउन लागेको भन्दै त्यसलाई रोक्न कोही नाथुराम गोड्से बन्नुपर्ने अन्यथा आफैं बन्ने अभिव्यक्ति दिएका थिए। गोड्से भनेका ती व्यक्ति हुन्, जसले महात्मा गान्धीको हत्या गरेका थिए।
वैद्यले आफू गान्धीवादी नेता भएको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्नो कुनै व्यक्तिगत रिसइवी नभएको उनको भनाई छ।
वैद्यले आफ्नो भनाई संसदको रेकर्डबाट हटाउन आग्रह गरेका छन्। सभामुखले उनको भनाई रेकर्डबाट हटाइएको सदनलाई जानकारी दिए।
यो पनि :
आत्मालोचना गर्दै अभिव्यक्ति फिर्ता लिन वैद्यलाई कांग्रेसको निर्देशन
प्रतिक्रिया