राजनीति


जसपा उपेन्द्र-बाबुरामपक्षले बोलायो बैठक, महन्थ ठाकुर लगायतलाई कारवाही तयारी

जसपा उपेन्द्र-बाबुरामपक्षले बोलायो बैठक, महन्थ ठाकुर लगायतलाई कारवाही तयारी

नेपालखबर
जेठ १, २०७८ शनिबार ६:२२,

जनता समाजवादी पार्टी (जसपा) ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ।

शुक्रबार अध्यक्ष महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई पार्टी संसदीय दलको नेता चयन गरेपछि अर्का अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराईपक्षले बैठक बोलाएको हो।

आज १ बजेका लागि बैठक बोलाइएको कार्यकारिणी सदस्य इस्तियाक राईले नेपालखबरलाई बताए।

'पार्टी विधान विपरित कामहरु भएका छन् त्यसैको विषयमा छलफल गर्न बैठक बोलाइएको हो,' राईले भने।

बैठकले पार्टीको विधान विपरित जानेहरुको विषयमा निर्णय लिन सक्ने उनले बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने विषयमा जसपाभित्र दुई धार देखिएको थियो।

उपेन्द्र-बाबुराम पक्षले विश्वासको मतको विपक्षमा मतदान गरेका थिएन भने महन्थपक्षका १५ जनाले विश्वासको मत दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .