गाजा पट्टीमा प्यालेस्टिनी चरमपन्थी र इजरेली सेनाबीच गोलाबारी र क्षेप्यास्त्र हानाहान तीव्र बनेको छ।
संयुक्त राष्ट्र संघले यो ठूलो युद्धमा परिणत हुने आशंका गर्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।
इजरेलले पछिल्लो ३८ घण्टामा प्यालेस्टिनी चरमपन्थीले हजारभन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको बताएको छ। यीमध्ये धेरैजसो तेल अभीभ सहरमा हानिएको उसको भनाइ छ।
यस्तै मंगलबार इजरेली सेनाले गाजामा हवाई हमला गरी दुइटा भवन ध्वस्त पारेका थिए।
यहीबीच इजरेली सहरमा हिंस्रक प्रदर्शन भइरहेका छन्। तेल अभिभ सहरमा संकटकाल घोषणा गरिएको छ।
बीबीसीका अनुसार संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले भने, ‘जारी हिंसा देखेर म निकै चिन्तित छु।’
इजरेली स्वास्थ्य मन्त्रालयले सोमबार भएको हमलामा ४३ प्यालेस्टिनीको मृत्यु भएको बताएको छ, जसमध्ये १३ जना बच्चा छन्। यस्तै ६ जना इजरेलीको पनि मृत्यु भएको मन्त्रालयले जनाएको छ।
यो पनि : इजरेलको आक्रमणमा प्यालेस्टाइनको १३ तले भवन यसरी भयो ध्वस्त (भिडिओ)
Shares
प्रतिक्रिया