राजनीति


नयाँ सरकार गठनबारे छलफल गर्न देउवाले बोलाए विपक्षी दलहरूको बैठक

नयाँ सरकार गठनबारे छलफल गर्न देउवाले बोलाए विपक्षी दलहरूको बैठक

नेपालखबर
बैशाख २८, २०७८ मंगलबार ३:३१,

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनबारे छलफल गर्न आज (मंगलबार) विपक्षी दलहरूको बैठक राख्ने भएका छन्।

कांग्रेसका एक नेताका अनुसार राष्ट्रपतिले दिएको समयसीमाभित्र के कसरी नयाँ सरकार गठन गर्ने भन्ने विषयमा छलफल गर्न सभापति देउवाले आफ्नो पार्टीका शीर्ष नेतासहित नेकपा माओवादी केन्द्र, जसपालगायत दलका शीर्ष नेतालाई दिउँसो २ बजे आफ्नै निवास (बूढानीलकण्ठ) मा बोलाएका हुन्।

हिजो सोमबार संसदमा विश्वासको मत पाउन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओली पदबाट हटेका छन्। त्यसलगत्तै सोमबार राति राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरिसकेकी छन्। त्यसका लागि यही वैशाख ३० गतेसम्मको समय दिइएको छ।

rastraptipress

 

यो पनि : यसकारण फेरि ओली नै प्रधानमन्त्री बन्ने सम्भावना

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad