ad ad

राजनीति


प्रधानमन्त्रीलाई माओवादी केन्द्रको आग्रह : संवैधानिक परिषदको बैठक रोक्नुस्

प्रधानमन्त्रीलाई माओवादी केन्द्रको आग्रह : संवैधानिक परिषदको बैठक रोक्नुस्

नेपालखबर
बैशाख २५, २०७८ शनिबार १४:७,

नेकपा माओवादी केन्द्रले संवैधानिक परिषदको बैठक स्थगन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ।

प्रधानमन्त्री ओलीले यही वैशाख २६ गतेका लागि संवैधानिक परिषदको बैठक आह्वान गरेका छन्।

यसै सन्दर्भमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार प्रेस वक्तव्य जारी गरी प्रमुख प्रतिपक्षका नेता तथा सभामुख समेतले सहभागी नहुने निर्णय गरिसकेको अवस्थामा बैठक रोक्न प्रधानमन्त्री ओलीसँग अनुरोध गरेका हुन्।

संविधानको मर्म र भावनाविपरीत संवैधानिक निकायहरूलाई निरंकुशताको मतियार बनाउने गलत मनसायसहित प्रधानमन्त्री ओलीको सरकारले अध्यादेश दुरुपयोग गरिरहेको आरोप माओवादी केन्द्रले लगाएको छ।

प्रचण्डद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘यसै सन्दर्भमा लोकतान्त्रिक अभ्यास छलेर सरकारले एकपटक पुनः संवैधानिक परिषद्को बैठकमार्फत आफ्नो स्वेच्छाचारी चरित्र प्रदर्शन गर्दैछ।’

संवैधानिक संरचनाको गरिमा समाप्त पार्ने मनसायका साथ प्रधानमन्त्रीले संवैधानिक परिषदको बैठक बोलाएको आरोप माओवादी केन्द्रले लगाएको छ।

वक्तव्यमा अगािड भनिएको छ, ‘त्यस्तो बैठकमा सहभागी नहुन संवैधानिक परिषद्का सबै सदस्यहरूसँग हाम्रो पार्टी हार्दिक अनुरोध गर्दछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .