राजनीति


सर्लाहीमा खनाल–नेपाल पक्ष सक्रिय, जिल्ला कमिटी विस्तार गर्दै भन्योः फागुन २८ का निर्णय खारेज गर

सर्लाहीमा खनाल–नेपाल पक्ष सक्रिय, जिल्ला कमिटी विस्तार गर्दै भन्योः फागुन २८ का निर्णय खारेज गर

नेपालखबर
बैशाख ५, २०७८ आइतबार १३:४९,

नेकपा एमालेभित्र दुई पक्षबीच तीव्र विवाद भइरहेका बेला सर्लाहीमा आइतबार पार्टीको जिल्ला कमिटीको बैठक सम्पन्न भएको छ।

जिल्ला अध्यक्ष रेवती पन्तको अध्यक्षतामा बरहथवा नगरपालिकाको मूर्तियामा बसेको बैठकले जिल्ला कमिटी विस्तार गरेको छ।

१९औं पूर्ण बैठकले पार्टीको रिक्त जिल्ला उपाध्यक्ष पदमा मलंगवा निवासी देवेन्द्र रायलाई राख्ने निर्णय गरेको अध्यक्ष रेवती पन्तले नेपालखबरलाई जानकारी दिए। उनका अनुसार यसअघिका उपाध्यक्ष ध्रुव गौतमको निधन भएकाले उनको स्थानमा रायलाई जिम्मेवारी दिइएको हो।

बैठकले लामो समयदेखि कम्युनिस्ट आन्दोलनमा योगदान गर्ने तथा संगठनका लागि क्रियाशील नेताहरूलाई थप गरी जिल्ला कमिटी ३ सय ५१ सदस्यीय बनाइएको उनले बताए।

sarlahiumlbai2

साथै बैठकले वरिष्ठ नेता माधवकुमार नेपाललगायत नेतालाई अध्यक्ष केपी शर्मा ओलीले गरेको कारबाही (पार्टीको साधारण सदस्यबाट समेत ६ महिनाका लागि निलम्बन) फिर्ता गर्न तथा गत फागुन २८ गते गरिएका निर्णय खारेज गर्न माग पनि गरेको एमालेका जिल्ला सदस्य चूडामणि वाग्लेले जानकारी दिए।

यसैगरी बैठकले वैशाखभित्र पार्टी र जनवर्गीय संगठनका वडा तहसम्म कमिटी निर्माण गरिसक्ने, जेठभरिमा सबै स्थानीय तहका वडासम्म प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको छ। संगठन निर्माण, जिल्ला सचिवालय र अन्य आवश्यक निर्णय गर्न जिल्ला पदाधिकारीलाई अधिकार प्रत्यायोजन गरिएको नेता वाग्लेले जानकारी दिए।

उनका अनुसार बैठकले यही वैशाख ९ गते चन्द्रनगरमा पार्टी स्थापना दिवस मनाउने, वैशाख ११ गते हरिवनमा पार्टीको बृहत् जिल्ला भेला गर्ने, वैशाख १३ गते हरिपुरमा मनमोहन स्थापना दिवस मनाउने, जेठ ३ गते लालबन्दीमा मदन–आश्रित दिवस मनाउने निर्णय पनि गरेको उनले बताए।

sarlahiumlbai3

एमालेका पोलिटब्युरो सदस्य तथा प्रदेश सह-इन्चार्ज नागेन्द्र चौधरीको प्रमुख आतिथ्यतामा बसेको बैठकमा केन्द्रीय सदस्य लक्ष्मण पौडेलसहित पार्टी नेताहरूको उपस्थिति थियो।

जिल्ला कमिटीमा मनोनित उपाध्याक्ष तथा सदस्यलाई पोलिटब्युरो सदस्य चौधरीले शपथ ग्रहण गराएको नेता वाग्लेले बताए।

आफ्नो अध्यक्षतामा बसेको बैठकमा स्पष्ट बहुमत सदस्यको सहभागिता रहेको र यो कमिटी नै आधिकारिक भएको अध्यक्ष पन्तले दाबी गरेका छन्।

केही समयअघि ओली पक्षका केही नेताले पन्त जिल्ला अध्यक्ष होइन भनेर विज्ञप्ति निकालेका थिए भने नेपाल पक्षले त्यसलाई हास्यास्पद भनेको थियो।

sarlahiumabi

यो पनि : सर्लाही अध्यक्ष रेवती पन्त होइन भने एमाले अध्यक्ष पनि केपी ओली होइन: योगेश भट्टराई (भिडिओ)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .