राजनीति


सुनकाण्डमा सर्वोच्चको फैसलाः गोल्यानबाहेकको हकमा उच्चको आदेश सदर

सुनकाण्डमा सर्वोच्चको फैसलाः गोल्यानबाहेकको हकमा उच्चको आदेश सदर

नेपालखबर
साउन १७, २०७६ शुक्रबार ११:२०,

सर्वोच्च अदालतले सनम शाक्य हत्या एवं ३ हजार ८ सय किलो सुन तस्करी प्रकरणमा मुछिएका महावीर गोल्यानबाहेक सबैको हकमा उच्च अदालत बिराटनगरकै फैसला सदर गरेको छ।

न्यायाधीशद्वय अनीलकुमार सिन्हा र सुष्मालता माथेमाको इजलासले फैसला सुनाउँदै सुन तस्करीमा मुछिएका गोल्यानसँग १० लाख धरौटी माग गरिएको छ। न्यायाधीशद्वय  सिन्हा र माथेमाले ६२ पृष्ठ लामाे फैसलामा गाेल्यानलाइ पछि ठहरे बमाेजिम हुने जनाउदै धराैटी माग गरेका हुन्। उनी माेरङ जिल्ला अदालतकाे २०७५ जेठ ८ काे आदेश र उच्च अदालत बिराटनगरकाे २०७५ भदाैं ५ काे आदेशले थुनामा थिए। 

उच्च अदालत बिराटनगरको आदेशबिरुद्ध निवेदन लिएर गएकाको हकमा उच्चकै आदेश सदरको फैसला भएको छ।  यस्तै उच्च अदालतकाे आदेश बिरूद्व सरकारी वकिलले दिएकाे निवेदनमा समेत उच्चकै आदेश सदर गरिएकाे छ। सर्वाेच्चमा असार  १९ देखिको निरन्तर सुनवाईपछि शुक्रबार फैसला आएको हो।

 सर्वोच्चको फैसलासँगै सुन काण्डमा मुछिएका अवकाश प्राप्त डीआइजी गाेविन्द निराैला,  एसएसपी दिवेश लोहनी, एसपी बिकासराज खनाल, डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेलले थुना बाहिरै बसेर न्यायिक उपचारकाे सुविधा पाएका छन्। यस्तै एसएसपी श्यामबहादुर खत्री र  डिएसपी सञ्जयबहादुर राउत भने थुनामै रहने भएका छन्।

सर्वाेच्चकाे शुक्रबारकाे फैसलापछि सुन तस्करीका ठुला माछा भनिएका आरके भन्ने राजेन्द्रकुमार शाक्य र  बिमल पाेद्दार बाहिर बसेर मुद्दाकाे पूर्पक्ष गर्न पाउने छन्। 

सुन काण्डकाे अबकाे सुनवाइ माेरङ जिल्ला अदालतमा हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .