ad ad

राजनीति


अवरुद्ध संसद्‍ खोल्ने विषयमा प्रधानमन्त्रीसँगको वार्ता सकारात्मक: पूर्णबहादुर खड्का

अवरुद्ध संसद्‍ खोल्ने विषयमा प्रधानमन्त्रीसँगको वार्ता सकारात्मक: पूर्णबहादुर खड्का

नेपालखबर
जेठ ५, २०८१ शनिबार १२:४९, काठमाडौँ

अवरुद्ध संसद्‍ खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सकारात्मक कुराकानी भएको नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले बताएका छन्। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति खड्का, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखकसहितका नेताले छलफल गरेका हुन्।

अवरुद्ध सदन खुलाउने प्रयासमा रहेका प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी दलका नेतासँग बालुवाटारमा बोलाएका थिए। 

‘उहाँ (प्रधानमन्त्री प्रचण्ड)ले बोलाएपछि हामी बालुवाटार गएका हौँ। मुख्यगरी यो दुई दलबीचको छलफल हो। उहाँसँग हाम्रो सबैखाले कुराकानी भयो,’ नेता खड्काले नेपालखबरसँग भने, ‘अवरुद्ध संसद खुलाउने विषयमा शुक्रबार भएका दुई तीनवटा ड्राफ्टका विषयमा पनि कुरा भएको छ।’ 

उनले संसद खुलाउने विषयमा आफूहरु सकारात्मक रहेको र प्रधानमन्त्रीलाई पनि सकारात्क पाएको उनले बताए। 

‘प्रधानमन्त्रीले पनि समझदरी गरेर संसद खुलाउने विषयमा सकारात्मक कुरा गर्नु भएको छ। छानविन समिति बनाउन पनि उहाँ सकारात्मक नै हुनुहुन्छ। हामीले पनि आफ्ना कुरा राखेका छौँ,’ उनले भने, ‘प्रधामन्त्रीले आज दिउँसो सत्ता गठबन्धनको बैठक राखेर हामीसँग भएका कुरा सत्तारुढ दलका नेतासँग राख्छु, त्यसपछि कसरी जाने भनेर खबर गरौँला भन्नु भएको छ।’

उनले प्रधानमन्त्रीसँग कुरा सकारात्मक भए पनि परिणाम के आउँछ हेर्नुपर्ने बताए। 

सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नतासमेत अनुसन्धान हुने गरी सहकारीको रकम अपचलन छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै कांग्रेसले संसद् बैठकमा निरन्तर अवरोध गर्दै आएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .