मैथलीलाई मधेस प्रदेशको सरकारी भाषा कायम गर्न आवाज उठिरहेका वेला प्रदेश सभाको बैठकमा मैथली भाषा प्रयोग गरिएको छ।
सभामुख रामआशिष यादवले शनिबार प्रदेश सभाको बैठक मैथिली भाषामै सञ्चालन गरेका हुन्। प्रदेश सभा स्थापना भएको करिब आठ वर्षपछि मैथिली भाषामा बैठक सञ्चालन गरिएको हो।
बैठकको सुरुवातमा सभामुख यादवले मातृभाषामा सभाको कार्यसूची अघि बढाउँदै सभाको उद्देश्य र भूमिकाबारे धारणा राखेका थिए। बैठकको प्रारम्भिक चरणमा मैथिली भाषा प्रयोग गरिए पनि दोस्रो चरणदेखि भने नेपाली भाषाको प्रयोग गरिएको थियो।
सभामुख यादवले मधेश प्रदेशको कामकाजी भाषा अहिलेसम्म औपचारिक रूपमा नतोकिएकाले दुवै भाषालाई समेटिएको बताए।
मन्त्रीहरुले आफ्नो मातृभाषामा धारणा राखिरहेको उल्लेख गर्दै सभामुख यादवले मातृभाषालाई सम्वर्द्धन र विकास गर्ने उद्देश्यले नेपाली र मैथिली भाषालाई ग्राहयता दिएको बताए।
प्रदेशभित्र बोलिने सबै मातृभाषालाई आफ्नो सम्मान रहेको उनले बताए। मैथिली भाषालाई कामकाजी भाषा बनाउने वा अन्य मातृभाषा भनेर निर्क्योल गर्ने काम सरकारको भएको उनको भनाइ थियो।
Shares

प्रतिक्रिया