निर्वाचन आयोगले मधेशका मुख्यमन्त्री मुख्यमन्त्री सरोजकुमार यादवलाई स्पष्टीकरण सोधेको छ।
उननिर्वाचन प्रचार प्रसारका निर्वाचनको निष्पक्षतामाथि असर पर्नेगरी आचारसंहिता विपरीत कार्य गरेको भन्दै आयोगले मुख्यमन्त्री यादवलाई स्पष्टीकरण सोधेको हो।
आयोगले आइतबार बारा निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन भइरहेको समयमा निर्वाचनको स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्नेगरी अनुमतिबिना आचारसंहिताविपरीत कार्य गरेको र निर्वाचन आचारसंहिता विपरीत हुने गरी के कति कारण पचरौता नगरपालिका क्षेत्रमा गएको हो? भनेर स्पष्टीकरण सोधिएको हो।
आयोगले त्यहाँ जानुको कारण पनि सोधेको छ। ‘तपाई त्यहाँ जाँदा प्रयोग गरेको सवारी साधन र सुरक्षा व्यवस्था सरकारी हो, होइन? तपाईंको यो कार्यले पदको गरिमा र निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ को उलंघन हुन्छ, हुँदैन?,’ आयोगले भनेको छ, 'निर्वाचन आचारसंहिता उलंघन गरेकोमा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ बमोजिम कारवाही किन नगर्ने?’
केही दिनअगाडि नेपालखबरले काम छोडेर मधेसका मन्त्रीहरु निर्वाचन प्रचार प्रसारमा व्यस्त शीर्षकमा समाचार लेखेको थियो । समाचार प्रकाशित भएको केही दिन नबित्दै निर्वाचन अयोगले मुख्यमन्त्री यादवलाई स्पष्टीकरण सोधिएको हो।
Shares
प्रतिक्रिया