ad ad

रोचक


महिलाको गर्भमा बच्चाको पेटभित्र अर्को बच्चा देखियो!

महिलाको गर्भमा बच्चाको पेटभित्र अर्को बच्चा देखियो!

नेपालखबर
असोज ७, २०८१ सोमबार ५:१६, काठमाडौँ

भारतको मध्यप्रदेशमा एउटा अचम्मको घटना सार्वजनिक भएको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार एउटी महिलाको गर्भको बच्चाभित्र पनि बच्चा देखिएको हो। 

डाक्टरहरूले अल्ट्रासाउन्ड गरेपछि यो कुरा थाहा पाइएको हो। अहिले ती महिलाले बच्चा जन्माइसकेकी छन्। यस अवस्थालाई मेडिकल भाषामा फिटस् इन फिटु (भ्रूणमा भ्रूण) भनिन्छ। 

चिकित्सकहरुका अनुसार १० लाख महिलामा एक जनालाई यस्तो हुन्छ। जन्मदेखि नै जिल्ला अस्पतालको एसएनसीयू वार्डमा भर्ना भएका नवजात शिशुलाई बचाउन शल्यक्रिया गर्ने चर्चा चलिरहेको छ।

मिडिया रिपोर्टअनुसार सागर जिल्लाकी एक गर्भवती महिलामा यो दुर्लभ घटना भएको हो। 

बुन्देलखण्ड मेडिकल कलेजका रेडियोलोजी विभागका अध्यक्ष तथा प्राध्यापक डा पीपी सिंहका अनुसार केस्लीकी एक गर्भवती महिला उनको निजी क्लिनिकमा नवौँ महिनामा परीक्षणका लागि आएकी थिइन्।

परीक्षणका क्रममा महिलाको गर्भमा हुर्केको नवजात शिशुभित्र बच्चा रहेको आशंका गरियो। यसपछि उनलाई मेडिकल कलेजमा बोलाइयो, जहाँ परीक्षणका क्रममा उनको पाठेघरमा अर्को बच्चा वा टेराटोमा देखियो।

यसपछि महिलालाई मेडिकल कलेजमा सुत्केरी गराउन सल्लाह दिइयो। तर उनी ‘आशा कार्यकर्ता’ लिएर आइन्। यस्तो अवस्थामा उनले ती महिलालाई केस्ली सामुदायिक स्वास्थ्य केन्द्रमा पुर्‍याइन्, जहाँ उनी सामान्य सुत्केरी भइन्। 

बच्चाको पेटमा गाँठो देखियो
अल्ट्रासाउन्ड रिपोर्टमा महिलाको पेटभित्र रहेको बच्चाको पेटमा गाँठो देखिएको चिकित्सक पीपी सिंहले बताए।

उनले भने, ‘जब हामी डपलर गरेर हेर्‍यौँ तब रगत आउन थाल्यो। यस्तो अवस्थामा भ्रूणमा भ्रूणको सम्भावना बढ्यो, जसमा बच्चाभित्र पनि बच्चा हुर्किरहेको हुन्छ। मैले मेरो जीवनमा यस्तो केस कहिल्यै देखेको छैन।’

डा. पीपी सिंहले मेडिकल इतिहासमा यस्तो घटना निकै दुर्लभ हुने बताए। हालसम्म संसारमा यस्ता घटना २०० मात्र रिपोर्ट गरिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .