ad ad

राजनीति


बारा-२ : २ घण्टामा १० प्रतिशत मतदान

बारा-२ : २ घण्टामा १० प्रतिशत मतदान

नेपालखबर
बैशाख १०, २०८० आइतबार ९:५३, जनकपुरधाम

बारा निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत शान्तिपूर्ण रूपमा मतदान जारी छ। बिहान ७ बजेदेखि बारा २ का सबै मतदान केन्द्रमा मतदान भइरहेको छ।  

बारा २ मा मतदान सुरु भएको दुई घण्टामा १० प्रतिशत मत खसेको यहाँका मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिएका छन्। 

मतदानलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन २ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। १ हजार ६ सय ८८ नेपाल प्रहरी, ६ सय सशस्त्र प्रहरी र ३ सय नेपाली सेना सुरक्षाका लागि खटाइएको हो।

बारा २ का ८२ मतदानस्थलमा १ सय ३८ मतदान केन्द्र छन्। तीमध्ये ६५  मतदानस्थल अति संवेदनशील, १७  समान्य रहेको जिल्ला प्रशासन कार्यालय (बारा) ले जनाएको छ। 

महागढी र पचरौता नगरपालिका, करैयामाई, सुवर्ण र देवताल गाँउपालिकाका ४४ वडा समेटिएको सो निर्वाचन क्षेत्रमा १ लाख ५ हजार २ सय ४८ मतदाता छन्।

बारा–२ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा, नेकपा एमालेबाट पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेललगायत ३४ उम्मेदवार प्रतिस्पर्धामा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .