ad ad

राजनीति


गठबन्धन चुनावअघि टुटेको भए कांग्रेस २० सिटमा खुम्चिन सक्थ्यो : बालकृष्ण खाँण

गठबन्धन चुनावअघि टुटेको भए कांग्रेस २० सिटमा खुम्चिन सक्थ्यो : बालकृष्ण खाँण

सुदीप भण्डारी
पुस १६, २०७९ शनिबार १३:५३, बुटवल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले चुनाव अघि गठबन्धन टुटेको भए कांग्रेसलाई ठूलो क्षति हुने तर्क गरेका छन्। उनले निर्वाचनसम्म गठबन्धनलाई बचाएर ल्याएको बताए।

बीपी कोइराला अध्ययन प्रतिष्ठान बुटवलको चौथो अधिवेशनको उद्घाटन समारोहमा खाणले कांग्रेस गठबन्धमा नगएको भए प्रत्यक्षतर्फ २० सिट हाराहारी मात्र जित्न सक्ने सम्भावना रहेको उल्लेख गरे।

‘निर्वाचनसम्म त्यो गठबन्धनलाई बचाएर तानेर ल्याएकै हो। भोलि इतिहासले सम्झेला। त्यतिबेला टुटेको भए के हुन्थ्यो’, उनले प्रश्न गरे, ‘कांग्रेससँग प्रतिस्पर्धा गनै अन्य सबै राजनीतिक दलहरु मोर्चा बनाएर आउँथे। देशभरिमा अन्य पार्टीहरुले मोर्चा गराउँदा नेपाली कांग्रेसको २० सिटमा अग्रता थियो। अहिले त ५७ सिट त जितेकै छौं।’ 

केही दिन अघिसम्म गृहमन्त्री रहेका खाणले कांग्रेसले आफ्नो नितिगत अडानका साथमा अन्य दलसँग एकता गर्नै पर्ने उल्लेख गरे। एकता र सहकार्यको कुरा गर्दा आफू पनि सिकार भएको भन्दै चुनावमा पार्टी भित्रदेखी अन्तर्राष्ट्रिय शक्ति पनि आफूलाई हराउन सक्रिय भएको दाबी गरे।

‘पार्टीभित्र कांग्रेसले आफ्ना नीतिगत अडानमा साथ अरु राजनीतिक दलहरुसँग सहमति, सहकार्य र एकता गर्नैपर्छ भन्ने पक्षमा म सदैव उभिरहने छु। जतिसुकै अलोकप्रिय भए पनि’, उनले भने, ‘यसका कारण मैले मूल्य चुकाउनपरेको छ। मेरो निर्वाचन क्षेत्रमा कहाँ-कहाँका शक्ति पार्टीभित्र र बाहिरका राष्ट्रिय अन्तर्राष्ट्रिय शक्ति सक्रिय भए, त्यो मलाई थाहा छ।’

अहिलेको सन्दर्भमा केही प्राविधिक, राजनीतिक कारण र अन्तर्राष्ट्रिय कारणले पनि कांग्रेसको लागि प्रतिकूल अवस्था भएको उल्लेख गर्दै खाणले कार्यकर्ताहरु आत्तिन नपर्ने बताए। कार्यकर्ताहरु आत्तिनेभन्दा पनि कहाँनेर आफूलाई सच्याउने, त्यसबारे सोच्नुपर्ने धारणा राखे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .