प्रतिनिधि सभाको निर्वाचनमा सुनसरी-४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दीपककुमार साह निर्वाचित भएका छन्।
निर्वाचन आयोगका अनुसार, रास्वपाका साह ४२ हजार ७७१ मत प्राप्त गरेर सांसद निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले १६ हजार ५८७ मत प्राप्त गरेका छन्।
त्यस्तै, नेकपा (एमाले)का जगदीशप्रसाद कुसियैतले ८ हजार ६३१, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का महमद महफुज अंसारीले ३ हजार ४३२ र श्रम संस्कृति पार्टीका विष्णु रानाले २ हजार ७६३ मत प्राप्त गरेका छन्।
363
Shares

प्रतिक्रिया