प्रतिनिधि सभाको निर्वाचनमा उदयपुर-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सूर्यबहादुर तामाङ निर्वाचित भएका छन्।
निर्वाचन आयोगका अनुसार, तामाङ १४ हजार ८०२ मत पाएर निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी नेकपा (एमाले)का अम्बरबहादुर रायमाझीले ७ हजार ६४८ मत पाएका छन्।
त्यस्तै, नेपाली कांग्रेसका रामकुमार राईले ७ हजार २९०, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का ५ हजार १९७ र श्रम संस्कृति पार्टीका वलराज राईले ४ हजार १३९ मत पाएका छन्।
57
Shares

प्रतिक्रिया