धरानका मेयर हर्क साम्पाङले आफ्ना समर्थकलाई उकासेर धरानमा एक व्यक्तिमाथि आक्रमण गरेको आरोप लागेको छ। धरान उपमहानगरपालिका-११ का अगुवा सन्तोष लिम्बूमाथि आक्रमण भएको हो।
बाटो निर्माणको विषयमा छलफल गर्न मेयर साम्पाङले बोलाएपछि छलफलमा पुगेका लिम्बूलाई लिम्बूमाथि हातपात भएको थियो। बाटोसम्बन्धी विवाद भएपछि छलफलका लागि सोमबार धरान-११ मा मेयर साम्पाङ पुगेका थिए।
छलफल मिलाउनुको साटो साम्पाङले मुख छाड्दै लिम्बूलाई गाली गरेपछि उनका समर्थकले आफूमाथि कुटपिट भएको लिम्बूले आरोप लगाए।
लिम्बू नेकपा (माओवादी) केन्द्रका स्थानीय नेता तथा टोल विकास संस्थाका अध्यक्ष हुन्। धरान ११ मा नगरकोटदेखि बानडाँडासम्म पुग्नकोलागि सडक स्तरोन्नति गर्ने बारेमा विवाद हुँदै आएको थियो।
प्रदेश सरकारले बजेटको विनियोजन गरेको भए पनि विवादबीच सडक निर्माणले गति लिन नसकेपछि छलफलको लागि बोलाइएको थियो।
२० लाख रुपैयाँ बजेटमा बाटोको स्तरोउन्नतीका विषयमा स्थानीयका बिचमा विवाद भएपछि छलफल आयोजना गरिएको थियो।
छलफलमा पुगेका मेयर साम्पाङले लिम्बूलाई वडा सदस्यको जत्तिको पनि हैसियत नभएको भन्दै छलफल गर्न जरुरी नभएको बताए। इन्जिनियरसहित केही कर्मचारी लिएर मेयर छलफलको लागि त्यहाँ पुगेका थिए।
लिम्बूलाई हैसियत नभएको भन्दै गाली गरेपछि लिम्बू र मेयर साम्पाङका बीचमा विवाद भएको थियो। विवादका क्रममा साम्पाङले सर्मथकहरुलाई उकासेको लिम्बूले बताए। उनले भने,‘मेयर नै मुख छाड्दै हातपातमा उत्रिन खोजेपछि ममाथि हमला भयो।’
Shares

प्रतिक्रिया