प्रेस चौतारी नेपालको केन्द्रीय महाधिवेशनमा नयाा नेतृत्व चयनकालागि विवाद छ। विराटनगरमा आइतबारदेखि सुरु भएको महाधिवेशनमा आज नेतृत्व चयनकोलागि प्रक्रिया अघि बढाइएको छ।
सबै प्रदेशले बिहान ९ बजेसम्मकोलागि सर्बसम्मत नामावली ल्याउने बारेमा बन्दसत्रलाई सम्बोधन गर्ने कममा नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले दिएको समयमा कुनै पनि जिल्लाले नामावली दिन नसकेपछि त्यो समय १ बजेसम्म दिइएको थियो। त्यसपछि पनि लामो समय प्रदेशहरूले सर्वसम्मत गर्न नसक्दा अहिले पनि सर्वसम्मतीको प्रयास जारी रहेको छ।
एशोसिएट र कोशी प्रदेशको लागि मिल्ने चरणमा रहेको प्रेस चौतारीले जनाएको छ। अरु कुनै प्रदेशको पनि अहिलेसम्म सर्वसम्मतको लागि कुरा मिलिसकेको छैन। सर्वसम्मतको प्रयास जारी रहेको अध्यक्ष मण्डलका अध्यक्ष एवम् एमालेका प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए।
भूगोलबाट हरेक प्रदेशले एक महिलासहित ४ जना केन्द्रीय सदस्य पाउने गरी व्यवस्था गरिएपछि त्यसमा सहमति जुटाउने प्रयास गरिएको छ।
९९ सदस्यीय केन्द्रीय समितिको लागि समस्या बढ्दै गएको छ। प्रदेश भूगोलको नै अहिलेसम्म कुरा मिल्न नसकेको अवस्थामा पदाधिकारीकाे विषयमा प्रतिनिधिहरूले बताएका छन्।
उद्घाटनदेखि नै प्रेस चौतारी नेपालको नेतृत्व चयनको विषयलाई लिएर विभिन्न टिकाटिप्पणी हुँदै आएको छ। केही दिनअघि नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षमा गणेश पाण्डे र महासचिवमा चेतन अधिकारीलाई बनाउन भनेको विषय बाहिर आएपछि कार्यकर्ताहरूमा असन्तुष्टि देखिएको हो।
राजेश राईसहितले प्यानल बनाएर उम्मेदवारी दर्ता गराउने तयारी गरेका छन्। नेतृत्वले राजेश राईलाई नेतृत्वले अस्वीकार गरेको तर प्रतिनिधिहरू उनैलाई चाहेको एक प्रतिधिले बताए।
Shares

प्रतिक्रिया