ad ad

राजनीति


शेखर पक्षका कार्की मुख्यमन्त्री बनेपछि कांग्रेस सं‌सदीय दलका नेता उद्धव थापाले दिए राजीनामा

शेखर पक्षका कार्की मुख्यमन्त्री बनेपछि कांग्रेस सं‌सदीय दलका नेता उद्धव थापाले दिए राजीनामा

उद्धव थापा


नेपालखबर
असोज २७, २०८० शनिबार १४:०, काठमाडौँ

नेपाली कांग्रेस कोशी प्रदेश सं‌सदीय दलका नेता उद्धव थापाले उक्त पदबाट राजीनामा दिएका छन‍्‍। 

सत्ता गठबन्धनको निर्णयविरुद्ध उम्मेदवार बनी नेपाली कांग्रेस शेखर कोइराला पक्षका केदार कार्की मुख्यमन्त्री बन्न सफल भएपछि नैतिकताका कारण थापाले दलको नेताबाट राजीनामा दिएका हुन्। 

कांग्रेससहितको गठबन्धनले कोशीको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका नेता इन्द्र आङ्बोलाई अघि सारे पनि शेखर पक्षले विद्रोह गरी केदार कार्कीलाई मुख्यमन्त्रीको उम्मेदवार बनाएको थियो। 

रोचक के थियो भने मुख्यमन्त्री पदका लागि दुवैले प्रदेश प्रमुखसमक्ष पेस गरेको दाबीमा कांग्रेसका ८ प्रदेशसभा सदस्यका हस्ताक्षर थिए। त्यसपछि प्रदेश प्रमुख परशुराम खापुङले हस्ताक्षर पुष्टि गर्नका लागि शनिबार सम्बन्धित सांसदहरूलाई सनाखतका लागि आफ्नो कार्यालयमा बोलाएका थिए।  

तर कांग्रेसका ८ प्रदेशसभा सदस्यले एमालेका ३९ सांसदको समर्थन पाएका कार्कीकै पक्षमा सनाखत गरेपछि उनी मुख्यमन्त्री नियुक्त भएका हुन्।

तर मुख्यमन्त्री कार्कीलाई सत्ता गठबन्धनले पनि समर्थन गर्ने सहमति भएको छ। 

हेर्नुहोस् थापाको राजीनमापत्र

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .