राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एमाले)सँगको गठबन्धनबाट बाहिरिएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेशबाट दुई जनालाई उम्मेदवार बनाएको छ।
कर्णालीबाट केहीबेरमा दुई जनाले उम्मेदवारी दर्ता गर्न लागेको नेकपाकी नेत्री विमला केसी बताइन्। ‘बुद्धिप्रसाद शर्मा र अन्जु महतरा (शाही) उम्मेदवारी दिनुहुन्छ,’ केसीले नेपालखबरसँग भनिन्।
शर्मा रुकुम पश्चिमका हुन् भने महतारा डोल्पाकी हुन्। पूर्व नेकपा (माओवादी केन्द्र)बाट शर्मा र पूर्व नेकपा (एकीकृत समाजवादी)बाट महतरा उम्मेदवार छनोट भएको केसीले बताइन्।
246
Shares

प्रतिक्रिया