राजनीति


फेरि सभापतिमा उठ्ने प्रकाशमान सिंहको संकेत

फेरि सभापतिमा उठ्ने प्रकाशमान सिंहको संकेत

दिनेश बुढा
फागुन १८, २०८१ आइतबार ११:५६, सुर्खेत

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको आगामी महाधिवेशनमा सभापति पदमा उठ्ने संकेत गरेका छन्।

आइतबार सुर्खेतमा पत्रकारहरूसँग कुरा गर्दै उपप्रधान तथा सहरी विकास मन्त्रीसमेत रहेका सिंहले १४औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिएकाले अब त्यसभन्दा तलको पदमा दाबी नगर्ने बताएका हुन्। 

पत्रकारको जिज्ञासामा सिंहले भने, ‘महामन्त्री र उपसभापतिसम्म भएँ। अब प्रधानमन्त्री र सभापति हुन बाँकी छ।’

सिंहले आफ्नो राजनीतिक यात्रा विद्यार्थी कालदेखि सुरु भएको र स्थानीय तह हुँदै पार्टी नेतृत्वमा पुग्दासम्मका अनुभवले आफूलाई थप जिम्मेवारी सम्हाल्न सक्षम बनाएको दाबी गरे।

२०७८ मंसिरमा भएको १४औँ महाधिवेशनमा सिंह पनि सभापतिको उम्मेदवार बनेका थिए। तर ३७१ मत मात्र ल्याए।

पहिलो चरणको मतदानबाट कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि पुनः मतदान गरिएको थियो।

दोस्रो चरणको मतदानमा भने सिंहले अर्का उम्मेदवार शेरबहादुर देउवालाई समर्थन गरेका थिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad