राजनीति


कांग्रेसको असन्तुष्टिपछि कर्णालीमा दुई दलीय राजनीतिक संयन्त्रको बैठक, सरकारका काम बारे समीक्षा

कांग्रेसको असन्तुष्टिपछि कर्णालीमा दुई दलीय राजनीतिक संयन्त्रको बैठक, सरकारका काम बारे समीक्षा

नेपालखबर
माघ ९, २०८१ बुधबार २२:९, काठमाडौँ

कर्णाली प्रदेशमा दुई दलीय राजनीतिक संयन्त्रको बैठक बसेको छ। बुधबार (माघ ९ गते) कर्णाली प्रदेश स्तरीय दुई दलीय राजनीतिक संयन्त्रको बैठक वीरेन्द्रनगरस्थित नेपाली कांग्रेस पार्टी कार्यालयमा बसेको हो। 

नेपाली कांग्रेसका कर्णाली प्रदेश सभापति ललितजङ्ग शाहीको अध्यक्षतामा बसेको बैठकले दुई दलबीचको सहकार्यलाई थप प्रगाढ बनाएर अगाडी बढाउने विषयमा छलफल गरेको छ। 

बैठकमा कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल, नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज गोरखबहादुर बोगटी, नेपाली कांग्रेस कर्णाली प्रदेशसभा संसदीय दलका नेता जीवनबहादुर शाही, नेकपा एमाले कर्णाली प्रदेश अध्यक्ष गुलावजङ्ग शाह सहभागी थिए। 

एमाले कर्णाली इन्चार्ज गोरखबहादुर बोगटीका अनुसार बैठकमा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सरकारले गरेका र अब गर्नुपर्ने कामको बारेमा ब्रिफिङ गरेका थिए। 

अन्य नेताहरूले बैठकमा सत्ता साझेदार दलबीचको आपसी सल्लाह, सुझाव एवम् सहकार्यको संस्कृतिलाई थप प्रगाढ बनाउँदै अघि बढ्नु पर्ने लगायत विषयमा सुझाव राखेका थिए। 

एमाले नेता बोगटीका अनुसार सरकारसँग सम्बन्धित विषयमा आवश्यकता महसुस भए संयन्त्रमा छलफल गरेर अघि बढ्ने, जिल्ला स्तरीय दुई दलीय राजनीतिक संयन्त्रको बैठक सञ्चालन गरी क्रियाशील रहन आ–आफ्नो पार्टीको तर्फबाट निर्देशन गर्ने लगायतका निर्णय भएका छन्।

कर्णाली प्रदेशका एमाले मन्त्रीको कार्यशैलीको आलोचना गर्दै नेपाली कांग्रेस कर्णाली प्रदेशसभा संसदीय दलका नेता जीवनबहादुर शाहीले सार्वजनिक अभिव्यक्ति समेत दिएका थिए। उनले सोही कार्यक्रममा सरकार छाड्ने चेतावनी समेत दिएका थिए। 

त्यसको केही दिनमै दुई दलीय संयन्त्रको बैठक बसेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad