समाज


राशिफल १० माघ : मकरलाई चिताएको पुग्ने, कर्कटको घाँटीमा समस्या आउने, तपाईँको के ?

राशिफल १० माघ : मकरलाई चिताएको पुग्ने, कर्कटको घाँटीमा समस्या आउने, तपाईँको के ?

ज्यो. मेनुका दाहाल
माघ १०, २०८१ बिहिबार ४:३४, काठमाडौँ

आज बिहीबार, १० माघ २०८१ (२३ जनवरी २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : सामाजसेवाले मानप्रतिष्ठा बढाउनेछ। प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। आफन्तबाट साथ र हौसला मिल्नेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। व्यापार व्यवसायमा सफलता पाइनेछ।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ५०, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ७८ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी, स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज केटाकेटीलाई चकलेट दिने। भरिसक्के लामो यात्रा नगर्ने।

वृष : रमणीय, सुखद र धार्मिक यात्राको योग छ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। महिला वर्गबाट विशेष सहयोग पाइनेछ। रोकिएको काम दोहोर्‍याएर प्रयत्न गर्दा सफल भइनेछ। खानपिनको विविध परिकार खान पाइन्छ।

भाग्यशाली रङ पर्पल र अङ्क २ हो। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ६९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी, स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

मिथुन : विद्या र बुद्धिको विकास हुनेछ। यात्राको योग र योजना बन्नेछ। चलाखीपूर्ण बोलीले काम बन्न सक्छ। धार्मिक तथा सांस्कृतिक रीतिरिवाजमा सहभागी भइनेछ। आत्मबल बढ्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ५२ र शिक्षामा ७१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी, स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुड खाने। अरूको डाह नगर्ने। 

कर्कट : घरव्यवहारमा झमेला आउन सक्छ। नाक तथा घाँटीमा समस्या आउला। मनमा दुबिधा उत्पन्न हुनेछ। पारिवारिक समस्या आइपर्ला। विचार गरेर निर्णय लिनु उचित हुनेछ। सेयर बजारको क्षेत्रमा राम्रो सफलता मिल्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ६७, सेयर बजारमा ३७, वैदेशिक कार्यमा ४९ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी, स्वास्थ्य अनुकूलता ३८, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। तामसिक भोजन नगर्ने।

सिंह : जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ। राजनीतिक र सामाजिक कार्यमा सफल भइनेछ। सेयर बजारमा गरेको लगानीबाट फाइदा हुनेछ र त्यसबाट नयाँ योजना बन्नेछ। आहारविहारमा सावधानी अपनाउनु पर्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ४०, सेयर बजारमा ६०, वैदेशिक कार्यमा ७४ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी, स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

कन्या : अध्ययन अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ। रमणीय र सुखद यात्राको योग छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। कुनै कुराले मनमा शान्ति छाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ।

भाग्यशाली रङ निलो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ६८, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी, स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

तुला : परीक्षामा पास भइनेछ। नयाँ कार्यको योजना बन्नेछ। शुभकार्यमा सरिक भइनेछ। नजिकका व्यक्तिबाट सहयोग पाइएला। कुनै कुराले अनुहारमा चमक छाउनेछ। सरकारी निकायबाट सहयोग हुनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६२, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी, स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। उत्तर दिशा नजाने।

वृश्चिक : महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। घरव्यवहारको समस्याले सताउन सक्छ। सेयर बजारको कारोबारबाट लाभ मिल्नेछ। हल्लाको पछि लाग्दा अरूले फाइदा उठाउन सक्छन्। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।

भाग्यशाली रङ रातो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ५४, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी, स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ३३ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। झुट नबोल्ने। 

धनु : मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ। भक्ति र सेवा भाव बढेर जानेछ। रोकिएका कामको पुन: योजना बन्नेछ। दाजुभाइ तथा दिदीबहिनीले तपाईँको विचारलाई समर्थन गर्नेछन्। पुनर्मिलनको योग छ।

भाग्यशाली रङ आकासे र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ७१, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी, स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।

मकर : कार्य सम्पादनमा सहजता मिल्नेछ। पूँजी बजारले साथ दिनेछ। धनलाभ हुनेछ। नयाँ कामको थालनी होला। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। सहयोगी हातहरू अघि बढ्नेछन्। चिताएको कामले तीव्रता लिनेछ।

भाग्यशाली रङ सेतो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ४४, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५८ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी, स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

कुम्भ : परिवारमा मेलमिलाप हुनेछ। सामाजिक तथा राजनीतिक कार्यमा रुचि बढ्नेछ। आफन्तबाट साथ, सहयोग र आश्वासन मिल्नेछ। आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। वैदेशिक क्षेत्रको काममा सफलता मिल्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६२, सेयर बजारमा ६८, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी, स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। खैरो रङको प्रयोग नगर्ने।

मीन : मनमा शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ। शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ। विद्यार्थीहरूको पढाइमा मन नजान सक्छ। बाहिरी खानपानमा ख्याल गर्नुपर्नेछ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३४, व्यापारमा ४२, सेयर बजारमा ३२, वैदेशिक कार्यमा ४० र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी, स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad