गण्डकी प्रदेशसभा बैठकमा नेकपा माओवादीका सांसदले बजेट पुस्तिका च्यातेका छन्। प्रदेशसभा बैठकमा तीनवटा मन्त्रालयको बजेटमाथिको छलफलको क्रममा म्याग्दीलाई अन्याय गरेको भन्दै माओवादीका सांसद रेशमबहादुर जुग्जालीले बजेट पुस्तिका च्यातेका हुन्।
उनले म्याग्दीमा साढे तीन करोडको नयाँ योजना छानिएको तर त्यसमा नेपाली कांग्रेस र नेकपा (एमाले)को मात्र योजना छानिएको दाबी गरे।
'भौतिक मन्त्रीज्यू, तपाईंलाई अझै पुगेको छैन भने मेरो र हरि माननीयज्यू (हरि भण्डारी) को दुई करोड पनि फिर्ता लैजानुस् भन्दै दुई वर्ष म्याग्दीलाई अन्याय भएको हुँदा, म्याग्दीलाई कुनै अर्थ नभएको हुँदा सभामुखको अनुमतिले च्यात्न चाहन्छु, धन्यवाद,' उनले भने ।
म्याग्दीका दुईवटै प्रदेशसभा क्षेत्रबाट माओवादीका प्रदेशसभा सदस्य निर्वाचित भएका थिए। उनले आफ्नै खर्चमा भौतिकमन्त्री र अर्थमन्त्रीलाई म्याग्दी भ्रमण गर्न पनि आग्रह गरे।
बजेटमा असन्तुष्टि व्यक्त गर्दै संघीय संसद्मा पनि सांसदले बजेट पुस्तिका च्यातेका थिए।
Shares

प्रतिक्रिया