ad ad

राजनीति


पञ्चकोटमा महाघण्टको उद्घाटन गर्दै राष्ट्रपतिले भने–जल सम्पदाको संरक्षण गरौँ

पञ्चकोटमा महाघण्टको उद्घाटन गर्दै राष्ट्रपतिले भने–जल सम्पदाको संरक्षण गरौँ

नेपालखबर
फागुन १०, २०८० बिहिबार १२:४९, बागलुङ

राष्ट्रपति रामचन्द्र पौडेल बागलुङ नगरपालिका–६ स्थित सर्वसिद्धीधाम पञ्चकोटमा बुधबारदेखि शुरु भएको अनन्तश्री ब्रह्माण्डीय महायज्ञ कार्यक्रममा सहभागी भएका छन्। 

राष्ट्रपति पौडेलले महायज्ञअन्तर्गत पञ्चकोटमा राखिएको पाँच हजार पाँच सय ५५ किलोको महाघण्टको एक समारोहकाबीच बिहीबार बिहान उद्घाटन गरेका छन्। 

विश्वमा शान्तिको सन्देश दिने अभिप्रायले देशदर्शन गरेर सो महाघण्ट पञ्कचकोटमा स्थापित गरिएको हो। उद्घाटनको क्रममा पौडेलले यज्ञ मण्डपको दर्शन र महायज्ञ सफलताको शुभकामना व्यक्त गरे। 

नेपालका नदीहरु पवित्र रहेको र महायज्ञले जल संम्पदालाई बचाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास पनि पौडेलले व्यक्त गरे। ‘मानव सभ्यताका  लागि पानी अर्थात जलको महत्वपूर्ण भूमिका छ। पानीका श्रोत संरक्षणमा हामीले ध्यान दिनुपर्छ,’ उनले भने।

राष्ट्र शान्ति, राष्ट्र उन्नति नेपालको जल र प्रकृतिको संरक्षणबाटै संभव रहेको बताए। ‘नदी सभ्यता जोगाएर धार्मिक पर्यटन मार्फत मुलुकको आर्थिक विकास गर्न सकिन्छ, विशेषत कालीगण्डकी नदीको सभ्यता र जलको संरक्षणमा ध्यान दिनु आवश्यक छ,’ राष्ट्रपपित पौडेलले भने। 

धौलागिरि क्षेत्रमा पछिल्लो समय पञ्चकोटको महत्व र महिमा बढेको उनले बताए। ‘धौलागिरि क्षेत्र तपोभूमि हो, मुक्तिक्षेत्र, दामोदर कुण्ड, गलेश्वरधामसंगै अहिले पञ्चकोटकोे नाम आइरहेको छ,’ पौडेलले भने, ‘म पहिला शालग्राम संग्रहालय आएको थिएँ, महायज्ञले धार्मिक प्रसार, जल संम्पदा, शालग्राम जोगाउन योगदान पुग्नेछ।’

पञ्चकोटका संस्थापक मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको आह्वानमा सुरु भएको महायज्ञको मुक्तिनाथदेखि नवलपरासीको त्रिवेणीधामसम्मका एक सय आठ कन्याबाट महायज्ञ शुभारम्भ गरिएको हो । पञ्चकोटलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने उद्येश्यले आयोजित महायज्ञ यही फागुन २३ गतेसम्म चल्नेछ। 

महायज्ञका लागि देशभरबाट साधुसन्तहरुको आगमन भएको र भारतलगायतका देशबाट आउनेक्रम जारी छ। विभिन्न संघ संस्थाको सहयोगमा महायज्ञमा पुग्ने भक्तजनका लागि भोजन र बासको व्यवस्था गरिएको छ। रासस
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .