निर्वाचनसम्बन्धी आचारसंहित आजबाट लागू नहुने भएको छ। गत ४ मंसिरमा सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई ध्यानमा राखेर निर्वाचन अयोगले जारी गरेको आचारसंहिता आज (२६ मंसिर) बाट आगू नरहने निर्णय भएको हो।
गत १२ असोजदेखि मुलुकभर लागू भएको निर्वाचन आचारसंहित आजबाट नरहने निर्णय भएको निर्वाचन आयोगले जनाएको छ।
आयोगले सो निर्णयको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सम्पूर्ण मन्त्रालयहरू तथा संवैधानिक निकायहरूमा गराइएको जनाएको छ।
‘नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७९/०४/१९ को निर्णयानुसार प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६ को उपदफा (१) तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६ को उपदफा (१) बमोजिम संवत् २०७९ साल मङ्सिर महिनाको ४ गते आइतबार सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोकिएको सन्दर्भमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी जारी गरिएको निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा (२) बमोजिम मिति २०७९/०६/१२ देखि मुलुकभर लागू रहेको निर्वाचन आचारसंहिता संवत् २०७९ साल मङ्सिर २६ गतेदेखि लागू नरहने निर्णय निर्वाचन आयोगले गरेको छ,’आयोगको निर्णयमा भनिएको छ।
प्रतिक्रिया