नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फ आफ्नो पार्टीबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदहरूको सूची तयार पारेको छ। शुक्रबार बसेको पार्टीको पदाधिकारी बैठकमा नै समानुपातिकमा पर्ने सांसदहरुको सूची तय भइसकेको थियो।
यद्यपि केही नाममा सहमति हुन नसकेपछि निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको थियो।
त्यसपछि पुनः शनिबार बैठक बसेर सो सूचीबारे जानकारी गराउने भनिएपनि शनिबार माओवादी बैठक बस्ने संभावना कम भएको एक नेताले जानकारी दिए। ती नेताका अनुसार अध्यक्ष प्रचण्डले समानुपातिक सूची तयार पारेर ‘गोजी’मा राखेका छन्।
निर्वाचन आयोगले शनिबार दिउँसो ४ बजेसम्मका लागि दिएको समायसीमाभित्र पुगेर सूची बुझाउने तयारी भएको ती नेताले नेपालखबरलाई जानकारी दिए।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा माओवादीले प्रत्यक्षतर्फ १८ सिट र समानुपातिकतर्फबाट १४ सिट पाउने भएको छ।
संविधानअनुसार महिलाको प्रतिनिधित्व ३३ प्रतिशत पुर्याउनुपर्ने व्यवस्थाअनुसार माओवादीले प्रतिनिधिसभामा १२ जना महिला पठाउनुपर्नेछ। बाँकी रहेको दुई सिटमा पुरुष पठाउने सक्नेछ।
प्रतिक्रिया